Comments Add Comment

जिल्ला जाने एमाले र एमाओवादी टोलीको आज विदाइ

७ जेठ, काठमाडौं । नेकपा एमाले र एकीकृत नेकपा माओवादीले भूकम्प प्रभावित जिल्लामा उद्धार र पुनर्निर्माणको काममा खटिने टोलीलाई विहीबार विदाइ गर्दैछन् ।

maoist flagएमालेले ललितपुरस्थित एक पार्टी प्यालेसमा विदाइ कार्यक्रम राखेको छ । एमाओवादीले भने पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा टोलीलाई विदाइको कार्यक्रम राखेको छ ।

एमाले र एमाओवादीका शीर्ष नेताहरुले भूकम्प पीडितहरुकालागि अस्थायी आवास निर्माणमा खटिने टोलीको विदाइ गर्ने छन् । उनीहरूले स्वयमसेवक टोलीलाई प्रशिक्षण समेत दिनेछन् ।

राजनीतिक दलहरुले आ-आफ्ना टोलीलाई अनुशासित भएर पुनर्निर्माण र पुनर्वासमा खटिन निर्देशन दिएका छन् ।

एमाले र एकीकृत माओवादीले भूकम्प प्रभावित जिल्लामा शीर्ष नेताहरु नै खटिने गरी जिम्मेवारी बाँडफाड गरेका छन् ।

यो पनि पढ्नुहोस्

ओली काठमाडौं, नेपाल सिन्धुपाल्चोक, झलनाथलाई भक्तपुर 

यस्तो छ एमाओवादीको कार्ययोजना (सूचीसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment