Comments Add Comment

ठमेलको मेरियट होटलमा आइएफसी र एफएमओको ६० करोड लगानी

Kathmandu-Marriot-final-1
१४ जेठ, काठमाडौं । राजधानीको प्रर्यटकीय केन्द्र ठमेलमा निर्माणाधिन तीन तारे मेरियट होटलमा विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले लगानी गर्ने भएको छ ।

नेपालको चर्चित व्यवसायीक घरना एमएस समूहले निर्माण गरिरहेको होटलमा आइएफसीले ३० करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेको हो । साथै, आइएफसीले नेदरल्यान्डको डच डेभलपमेन्ट बैंकबाट पनि ३० करोड रुपैयाँ लगानी जुटाइदिने भएको छ ।

अमेरिकाको प्रख्यात अन्तर्राष्ट्रिय होटल ब्रान्ड मेरियटको चेनका रुपमा ठमेलमा होटल निर्माण भइरहेको छ । मेरियट होटलमा एक अर्ब २२ करोड ४० लाख रुपैयाँ लगानी हुने बताइएको छ ।

एमएस र आइएफसीबीच लगानीका विषयमा बिहीबार सम्झौता भएको हो । सम्झौतापत्रमा एमएस समूहका निर्देशक गौरव अग्रवाल र आइएफसीका नेपाल प्रमुख भ्यालेन्टिनो भगत सिंहले हस्ताक्षर गरेका छन् ।

Merriot-Hotel-Thamel

बाँकी लगानी एमएस समूहले आफै गर्ने बताएको छ । होटल २०१६ को जनवरीसम्म सञ्चालनमा आउने बताइएको छ । यसअघि यो होटल दशैंसम्म सञ्चालनमा आउने बताइएको थियो ।

होटलको भवन तयार भइसकेको भवन तयार भइसकेको छ । इन्टेरियर डिजाइनको काम तिब्र गतिमा भइरहेको समूहले जनाएको छ । १२ तले मेरियट होटलमा ११० वटा रुमहरु हुनेछन् ।

होटलको मूख्य उद्देश्य खर्चालु पर्यटक तान्ने रहेको छ । होटलमा पाँचतारे स्तरको सुविधा उपलब्ध गराउने दाबी गरिएको छ ।

एमएस समूहले नक्सालमा १२ तलाको पाँचतारे मेरियट होटल निर्माण गरिरहेको छ । यो होटल पनि अबको दुर्इ वर्षभित्रमा सञ्चालनमा ल्याइसक्ने समूहको दाबी छ ।

Merriott_Pool-Deck

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment