Comments Add Comment

प्रधानमन्त्रीमा कोइराला वा ओली दुबै स्वीकार्य : शर्मा

Diananth-Sharma१५ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले राष्ट्रिय सहमतिको सरकारको कुनै पनि पदमा आफूहरुले दाबी नगरेको बताएका छन् । सरकारमा सुशील कोइराला र केपी शर्मा ओलीमध्ये जस्को नेतृत्व भए पनि स्वीकार्य हुने उनले स्पष्ट पारे ।

‘मुलुक राष्ट्रिय संकटमा रहेकाले राहत, उद्दार, पुनर्निर्माण, संविधान निर्माण र स्थानीय निकायको निर्वाचनलाई केन्द्रीय एजेण्डा बनाएर कोही आउँछ भने त्यसलाई एमाओवादीले समर्थन गर्छ,’ शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा शर्माले भने ।
शर्माले पुनर्वास र पुनर्निर्माणको लागि स्वयमसेवक पार्टीहरुले नभइ सरकारले परिचालन गर्नु उपयुक्त हुने समेत बताए । सरकारले नेतृत्व लिने भए अहिले पनि आफूहरु राष्ट्रियरुपमै स्वयम्सेवक परिचालन गर्न तयार रहेको शर्माले स्पष्ट पारे ।

‘जनताले बास खोजेकोबेला सत्ताको खेती’

कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले अहिलेको पहिलो एजेण्डा राष्ट्रिय सहमतिको सरकार नभएको भन्दै अहिले संविधान निर्माण र विपत्ति ब्यवस्थापनको काम भएको बताए । उनले पहिला संविधानमा सहमति गरेर सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताले बास खोजेको बेला राजनीतिक दलहरु सरकारको खेतीतर्फ लाग्दा जनताको आवश्यकता ओझेलमा पर्ने आशंका ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment