Comments Add Comment

परिवार दलले भूकम्प प्रभावित क्षेत्रमा शान्ति स्वयंमसेवक परिचलन गर्ने

Paribar-dal

१५ जेठ,  काठमाडौं । नेपाल परिवार दलले भूकम्पबाट अति प्रभावित १५ वटा पहाडी जिल्लामा एक हजार ‘शान्ति स्वयंसेवक’ परिचालन गर्ने निर्णय गरेको छ ।

परिवार दलको केन्द्रीय कार्य सम्पादन समितिको बैठक दलले भूकम्पबाट अति प्रभावित १५ वटा पहाडी जिल्लाहरुमा तराई मधेशका १५ वटा जिल्लाहरुबाट १हजार ‘शान्ति स्वयंसेवक’ परिचालन गरी उद्दार, अस्थायी पूनर्वास तथा विद्यालय भवन लगायत निर्माणमा सहयोग गर्ने निर्णय गरेको हो । ‘शन्ति स्वयंसेवक’मा जुनसुकै पार्टीमा आस्था राख्ने वा स्वतन्त्र व्यक्ति जो कोही पनि हुनसक्ने छन् भने राष्ट्रिय झण्डा बोक्नुपर्नेछ ।

परिवार दलले पूनर्निमाणको मोडेल सार्वजनिक–नीजि–सहकारी–गैह्र सरकारी साझेदारी मोडेलमा अघि बढाउन सरकारसँग आग्रह गरेको छ । साथै पूननिर्माणका कार्यहरु समूदायमा आधारित जनसहभागितामूलक हुनुपर्ने बताएको छ ।

साथै संविधानसभाका सभासदहरुलाई एक निश्चित समय तोकी तत्काल आवश्यक अस्थायी पूनर्वास निर्माणको नेतृत्व गर्न परिचालित गर्नुपर्ने र एक सभासद १,००० आवास भन्ने नाराका साथ जिम्मेवारी तोकिनुपर्ने प्रस्ताव गरेको छ ।

दातृ निकायहरुलाई सरकारी संयन्त्रको मातहतमा रही क्षेत्रगत वा जिल्लागत रुपमा केन्द्रीत भएर पूनर्निमाणको साझेदार हुने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिने निर्णय भएको अध्यक्ष ढकालले बताए ।

साथै भत्केको संरचनाको पूनर्निमाण तथा नवनिर्माणका लागि एक अधिकार सम्पन्न पूनर्निमाण प्राधिकरण गठन गर्न सरकारसँग माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment