Comments Add Comment

मुठ्ठीदानमा प्याब्सनले सघाउने

१६ जेठ, नेपालगन्ज । बाँकेको नेपालगञ्जमा भूकम्पपीडितहरुका लागि मुठ्ठीदान अभियान सञ्चालन गरिएको छ । मुठ्ठीदान अभियानमा बाँकेका निजी स्कुल तथा उच्च माध्यमिक विद्यालयले पनि साथ दिएका छन् ।

मुठ्ठीदान संकलन तथा राहत व्यवस्थापन समितिका संयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले मुठ्ठीदान अभियानमा प्याव्सन, एन प्याब्सन तथा हिसानको पनि सहयोग गरहेको बताए ।

समितिका संयोजक श्रेष्ठले प्याब्सनका बाँकेका ऋषिकेश जिसी, एनप्याब्सनका अध्यक्ष कुबेर बस्नेत, केन्द्रीय सदस्य कुुसुम रानाभाट, हिसान अध्यक्ष डा.अवनिन्द्र मिश्रलगायतसँंगको बैठकमा सबैले आ-आफ्ना सदस्य शिक्षण संस्थाहरुमा पनि मुठ्ठीदान अभियान सञ्चालन गरिने सहमति भएको जानकारी दिए ।

सो अभियान अन्तरगत बाँकेका एक उपमहानगरपालिकाका २७ वडामा, एक नगरपालिकाको ११ वडामा र ३४ गाविसमा रहेका सबै घरधुरीबाट चामल, दाल र गहुँ संकलन गरिदै छ । यसअघि उढरापुर र सीतापुरबाट संकलन गरिएको ६५ क्वीन्टल चामल गहुँ समितिमा बुझाई सकिएको छ ।

उनले राधापुर बिनौना गाविसमा संकलन गरिएको मुठ्ठीदान आईतबार समितिको भण्डारण गरेको बालमन्दिरमा बुझाईने जानकारी आएको बताए । उनले भूकम्पपीडितका लागि राहत पठाउनको लागि थालिएको मुठ्ठीदान अभियानमा सबैको सक्रिय सहभागिता जनाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment