+
+

‘रातो घर’ शैली : ‘वैशमा कसैको डर हुँदैन'(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १७ गते १०:३५

mala-limbu

नेपाली चलचित्रको प्रचारका लागि नयाँ प्रयोग गरिदै आएको पाइन्छ । प्रदर्शन मिति तय नभैसकेको चलचित्र ‘रातो घर’ले पनि एउटा नयाँ शैली अपनाउँदै प्रचारको थालनी गरेको छ । निर्माणपक्षले एकसाथ १० वटा मोसन पोष्टर र अडियो गीत सार्वजनिक गरेको हो ।

युटुबमार्फत सार्वजनिक गरिएका यी सामाग्रीहरुको प्रचार शैलीलाई नयाँ मान्न सकिन्छ । माङ हिम फिल्मस् र तक्मे प्रोडक्शनको ब्यानरमा तयार भएको यो चलचित्रका प्रस्तुतकर्ता निकेश लिम्बु हुन् । सुरज सुब्बा ‘नाल्बो’ र विल्सन विक्रम राइ निर्माता रहेको चलचित्रमा मेन्छा रुम्दालीको कथा छ ।

चलचित्रमा पटकथा र निर्देशनको जिम्मा सुरज सुब्बा ‘नाल्बो’ले सम्हालेका छन् । विपीन मल्लको  सम्पादन, महेश खड्का र डम्बर नेपालीको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, रोशन श्रेष्ठको एक्सन रहेको चलचित्रमा विल्सन विक्रम राई, संयम पुरी, गौरभ पहारी, मेनुका प्रधान, विकेश श्रेष्ठ, जितेन लामा, अनुराग कुँवर, उपशसना नेम्वाङ, श्याम राई मुख्य भूमिकामा छन् ।

चलचित्रको जुलाई २५ मा बेलायतमा रेड कार्पेट प्रिमियर पनि गर्न लागिएको जानकारी यसको निर्माणपक्षले दिएको छ । चलचित्रको एक गीतमा कलाकार माला लिम्बुले आइटम नृत्य गरेकी छिन् ।
यसैविच, चलचित्रले ‘छोटा चलचित्र प्रतिस्पर्धा’ पनि गर्ने भएको छ ।

‘लागू पदार्थ’ विरुद्धको बिषयमा छोटा चलचित्रको प्रतिस्पर्धा गराइनेछ । यो प्रतिस्पर्धाका विजेताले १ लाख पुरस्कार पाउने जनाइएको छ । चलचित्रलाई कालो काम गर्नेको सेतो कथामा आधारित भनिएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?