Comments Add Comment

भूकम्प प्रभावित १७ जिल्लामा पहिरोको जोखिम अध्ययन गरिने

Kaligandaki-news

  • फाइल फोटो

१९ जेठ, काठमाडौं । खानी तथा भूगर्भ विभागले भूकम्प प्रभावित १७ जिल्लामा पहिरोको जोखिम अध्ययन गर्न टोली पठाउने तयारी गरेको छ ।

गृह मन्त्रालयका सिफारिस अनुसार बढी प्रभावित ६ जिल्लाका केही निश्चित गाविसहरुमा पुगेको १८ वटा टोलीले अहिले प्रतिवेदन बनाइरहेको छ ।

खानी विभागका प्रवक्ता कृष्णचन्द्र झाका अनुसार पहिरोको जोमिखबारे अध्ययनका लागि टोली पठाउने तयारी भइरहेको जानकारी दिए । ‘वस्तीहरु भएका ठाउँमा पहिरोको जोखिम र नयाँ ठाउँमा बस्ती बनाल्नुअघि अध्ययनका लागि टोली पठाउने तयारी छ’ उनले भने ।

खानी विभागले सिन्धुपाल्चोक, दोलखा, गोरखा, नुवाकोट, रसुवा, लमजुङ, तनहुँ, सोलखुम्बु र मनाङमा अध्ययन टोली पठाउने तयारी गरेको छ ।

टोलीले काठमाडौं, भक्तपुर, काभ्रेसहितका जिल्लामा पनि अध्ययन गर्नेछ । काठमाडौंको कौशलटार लगायतका क्षेत्रमा जमिन चिरा परेकोले विस्तृत अध्ययन आवश्यक पर्ने विभागले जनाएको छ ।

यो पनि पढ्नुस् 

कालीगण्डकीको पहिरो सुरुवात हो, अरु हेर्न बाँकी छ : विज्ञ

भूकम्प प्रभावित १९ जिल्लाका ५४७ ठाउँमा पहिरो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment