Comments Add Comment

सहकार्यबाट पोलियो उन्मुलन गर्न सकिन्छ : स्वास्थ्यमन्त्री

आरपी सुवेदी

२३ जेठ, नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सबै क्षेत्रसँगको सहकार्य र समन्वयले मात्र नेपाललाई पोलियो उन्मुलन मुलुक घोषणा गर्न सम्भव हुने बताएका छन् ।
Khagraj-Adhikari
उनले बाँकेको नेपालगन्जमा शनिबारदेखि तराईका २२ जिल्लामा सञ्चालन गर्न लागिएको राष्ट्रिय पोलियो खोप अभियानको पोलियो थोपा खुवाएर शुभारम्भ गर्दै सो कुरा बताएका हुन । सन २०१८ सम्ममा नेपाललाई पोलियो उन्मुलन राष्ट्रको रुपमा घोषणा गर्नको लागि सरकारले विषेश खोप अभियान सञ्चालन गरेको उनले बताए ।

उनले भने-‘ ९-१० वर्ष पहिले पनि नेेपालमा पोलियो शुन्यको अवस्थामा भएको भए पनि जाजरकोट र रौतहटमा केश भेटिएकोले पुनः अभियान सञ्चालन गरी पोलियो रहित मुलुकको रुपमा पुर्‍याउनको लागि पहल गरिएके हो ।’

बाँकेमा ८३ हजार ८२ बालबालिकालाई पोलियो थोपा खुवाइने

बाँकेका भर्खरै जन्मेकादेखि ५ वर्षसम्मका ८३ हजार ८२ बालबालिकालाई पोलियोको खोप खुवाउने गरी तयारी अघि बढाएको खोप सुपरभाईजर जनक गिरीले जानकारी दिए ।

खुला बोर्डर तथा मधेशी, मुस्लिम बाहुल्यता क्षेत्रमा अभियानलाई सफल पार्न चुनौती भएपनि शतप्रतिशत नतिजा प्राप्त गर्नको लागि कुनै कसर बाँकी नराख्ने गरी जनशक्ति खटाएको बताए ।

जिल्लाका सीमावर्ती क्षेत्रका खोप केन्द्रमा र घरदैलोमा पुगेर कुनै पनि बालबालिकालाई नछोडिकन खोप खुवाउने योजना रहेको उनले बताए ।
बाँकेका ५ सय १४ खोप केन्द्रमा खोप खुवाउनको लागि ७ सय ८९ महिला स्वयमंसेविकाहरु, हेल्थ वर्कर, अनुगमन निरिक्षणको लागि २ सय ३० स्वास्थ्यकर्मीहरु परिचालन हुने कार्यालयका फोकलपर्शन रामबहादुर चन्दले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment