+
+
Shares

पोखरा महानगरको वडा कार्यालयमा चोरी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १० गते १९:५९

१० चैत, पोखरा । पोखरा महानगरपालिकाको १६ नम्बर वडा कार्याालयमा चोरी भएको छ । आइतबार बिहान कार्यालय पुग्दा चोरी भएको थाहा भएको वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए ।

वडा कार्यालयमा २ वटा ल्यापटप, ४ वटा कम्प्युटर तथा कार्यालयका अन्य महत्वपूर्ण सामाग्री चोरी भएको वडाध्यक्ष आचार्यले बताए । ‘शुक्रबार कार्यालय बन्द गरेर गएपछि सीधैं आइतबार अफिस खोल्दा चोरी भएको थाहा भयो,’ उनले भने, ‘चोरी शनिबार भयो कि शुक्रबार भयो भन्ने नै थाहा भएन ।’ जिल्ला प्रहरी कार्यालय कास्कीले चोरीबारे अनुसन्धान भइरहेको बताएको छ ।

यसअघि पनि पोखराका वडा नम्बर ५, १३, १४ र १५ कार्यालयमा चोरी भइसकेका छन् । फागुन २३ गतेमात्रै पोखरा १३ को वडा कार्यालयमा चोरी भएको थियो । उक्त कार्यालयका सिसिटिभी क्यामेरासमेत चोरी भएको थियो । लगातारको चोरीले महानगरले महत्वपूर्ण कागजातसहित लाखौं क्षति व्यहोर्दै आइरहेको छ ।

महानगरका वडा कार्यालयमा लगातार चोरी हुन थालेपछि महानगरले रात्रीकालीन कर्मचारी खटाएरै सुरक्षा विधि अपनाउने निर्णय गरेको छ । महानगरको चैत १ गते बसेको २८ औं कार्यापालिका बैठकले वडा कार्यालयसँग समन्वय गरेर रात्रीकालिन जनशक्ति खटाउने निर्णय गरेको थियो ।

कार्यापालिकाको निर्णय बमोजिम नै पोखरा ५ वडा कार्यालयले आइतबारबाट रात्रीकालिन कर्मचारी व्यवस्था गरेको छ । ‘वडा कार्यालयको सुरक्षा व्यवस्था बढाउन १ जना रात्रीकालीन कर्मचारी व्यवस्था सुरु गरेको हो,’ महानगरका प्रवक्ता धनबहादुर नेपालीले भने ।

प्रवक्ता नेपालीले अन्य वडाको समेत रात्रीकालीन कर्मचारी राख्न प्रक्रिया सुरु गरिसकेको जानकारी दिए ।

‘वडा नम्बर १ मा सामुदायिक प्रहरी छ । वडा नम्बर ८ र १८ मा इलाका प्रहरी कार्यालय छ । त्यसकारण उनीहरुले व्यवस्था गर्न नपर्ला । तर, अन्यले भने व्यवस्था गर्नैपर्ने देखिन्छ,’ उनले भने ।

पोखरा २८ वडा कार्यालयमा रात्रीकालीन सुरक्षा व्यवस्था गर्न वडाले अझै निर्णय बाँकी रहेको समेत उनले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?