Comments Add Comment

संविधान बनाउन अतिद्रुत विधि चाहिन्छ : पोख्रेल

giriraj-mani-pokhrel२४ जेठ, महोत्तरी । एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलल नयाँ संविधान निर्माण गर्नका लागि प्रमुख दललाई द्रुत विधिभन्दा अतिद्रुत विधि अपनाउनुपर्ने बताएका छन् ।

गृह जिल्ला महोत्तरी पुगेका नेता पोखरेलले आइतबार बिहान पत्रकारसँग कुरा गर्दै राष्ट्रिय सङ्कटसँग सामना गर्नका लागि राष्ट्रिय सहमतिको सरकारभन्दा सहमतिमा संविधान निर्माण गर्नुपर्ने बताए ।

नेपालको निर्वाचन प्रणालीमा ६० प्रतिशत प्रत्यक्ष तथा ४० प्रतिशत समानुपातिक तरिकाले गराउने निर्णय अन्तिम चरणमा पुगेको र सो निर्णयलाई केही दिनमै अन्तिम रुप दिइने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment