+
+

भेरी नदीमा भेटिएकी यी ‘मत्स्य गन्धा’ !

२४ जेठ, जाजरकोट । तीन वर्ष पहिले सिमसिम पानी परिरहेका बेला एउटी महिलाले भेरी नदीमा नवजात शिशुलाई फाल्नै लागेकी थिइन् । माछा मार्न गएका भीमबहादुर वादीले देखे । र, शिशुलाई बचाए । झट्ट सुन्दा अनौठो लाग्ने यो घटना जाजरकोटको खगेनकोट-१ दल्लीको वादी बस्तीको हो । यो घटनाले नेपाली समाजमा हुने अवैध जायजन्मको दुखलाई उजागर गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २४ गते १३:१४

Jajarkot-Child

बी.बी. गिरी
२४ जेठ, जाजरकोट । तीन वर्ष पहिले सिमसिम पानी परिरहेका बेला एउटी महिलाले भेरी नदीमा नवजात शिशुलाई फाल्नै लागेकी थिइन् । माछा मार्न गएका भीमबहादुर वादीले देखे । र, शिशुलाई बचाए ।

झट्ट सुन्दा अनौठो लाग्ने यो घटना जाजरकोटको खगेनकोट-१ दल्लीको वादी बस्तीको हो । यो घटनाले नेपाली समाजमा हुने अवैध जायजन्मको दुखलाई उजागर गरेको छ ।

हुन त यस्तो घटना शास्त्रमै पनि पढ्न पाइन्छ । वेद व्यास मत्स्य गन्धाका छोरा हुन् । मत्स्य गन्धालाई पनि माझीहरुले माछाको पेटबाट फेला पारेका थिए ।

भेरी नदीको किनारमा माछा मार्ने क्रममा ३ वर्षअघि ढिमे-५ का भीमबहादुर वादीले एक महिलाले नदीमा शिशु फाल्न लागेको अवस्थामा भेटे । भीमबहादुरले आफूले पाल्ने भन्दै ती बालिकालाई नदीमा फाल्नबाट बचाए ।

तर, उनले ती महिलाको परिचय पाउन सकेनन् । ती महिला आफ्नो परिचय नखोज्न र कसैलाई जानकारी नदिन आग्रह गर्दै शिशु थमाएर त्यहाँबाट भागिन् ।

भीमबहादुर माछा मार्नका लागि ढिमेबाट रग्दा गाविसको चौखा भेरी नदी तीरमा पुगेका बेला यस्तो घटना भएको थियो । विभिन्न ठाउँमा घुमेर माछा मार्ने टोलीमा खगेनकोट-१ दल्लीका भीमबहादुरले आफ्ना एक गाउँलेलाई घटना सुनाए ।

नदीबाट माछा नमारी शिशु बोकेर भीमबहादुर फर्केपछि भीम बहादुरका छिमेकीसँग बालिकालाई कसरी पाल्ने भन्ने बहस भयो । भीमले आफूले बचाएकाले आफैले पाल्ने दाबी गरे । त्योबेला भीमका २ सन्तान थिए । तर, छिमेकीका सन्तान थिएनन् । छिमेकीले आफूलाई बालिका पाल्न मन लागेको बताए । तर, भीमले दिन मानेनन् ।

‘भीमले सुरुमा वालिका दिन मानेनन्, एक महिनासम्म उनैले पाले । त्यसपछि मैले फेरि वालिका मागें, उनले एक महिनासम्म बालिका पालेको खर्च माग्यो,’ हाल वालिकालाई पालिरहेका संरक्षकले अनलाइनखबरसँग भने, ‘त्यसपछि मैले माछा बेचेर बचाएको १५ सय रुपैयाँ भीमलाई दिएर यिनलाई आफ्नी छोरी बनाएँ ।’

वालिकालाई पालिरहेका संरक्षकले आफ्ना सन्तान नभएकाले छोरी बनाएर पाल्न ल्याएको बताए । सिमसिम पानी परेका बेला फेला परेकाले उनीहरुले यी बालिकाको नाम ‘वर्षा’ राखिदिएका छन् ।

अहिले वर्षा ३ बर्षकी छन् । अब कसैले खोसेर वा मागेर आफूबाट वर्षालाई लैजान नसक्ने संरक्षक दम्पतीले बताए । मत्र्यलोककी यी निर्दोष मत्स्य गन्धा पुराणमा वर्णन गरिएजस्तै राम्री एवं हँसमुख छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?