Comments Add Comment

महिला राष्ट्रिय क्रिकेट बुधबारदेखि, खेलाडीको भत्ता बृद्धि

Womens-National-Cricket-072

  • प्रतियोगिताबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा सहभागीहरु । तस्वीर : उमेश पुन /अनलाइनखबर

सन्देश श्रेष्ठ
२५ जेठ, पोखरा । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आउँदो बुधबारदेखि पोखरा र चितवनमा हुने भएको छ । यसअघि सो प्रतियोगिता बैशाख २८ गतेदेखि गर्ने भनिए पनि भूकम्पका कारण स्थगित गरिएको थियो ।

भूकम्पले काठमाडौंमा क्रिकेट मैदान बिगि्रएपछि पोखरा र चितवनमा प्रतियोगिता गर्न लागिएको हो । नेपाल सरकारको कार्यक्रम अन्तर्गत क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्रनम्बर ८ पोखराले प्रतियोगिता आयोजना गरेको छ । त्यसमा राष्ट्रिय खेलकुद परिषद र नेपाल क्रिकेट संघले सहयोग गरेका छन् ।

२ समूह, १० टिम

असार २ गतेसम्म संचालन हुने प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफसहित १० टिम सहभागि हुने आयोजक क्षेत्रीय क्रिकेट संघ पोखराका अध्यक्ष देवेन्सन प्रजुले जानकारी दिए ।

पोखरा रंगशालामा समूह ‘ए’ का लिग चरणका खेलसहित सेमीफाइनल र फाइनल खेलहरु हुनेछन् । चितवनमा समूह ‘बी’ का लिग चरणका खेलहरु हुनेछन् ।

समूह ‘ए’ मा क्षेत्र नम्बर १ विराटनगर, क्षेत्रनम्बर ३ काठमाडौं, क्षेत्रनम्बर ५ नेपालगञ्ज, क्षेत्रनम्बर ८ पोखरा र विभागीय एपीएफ रहेका छन् ।

त्यस्तै, समूह ‘बी’ मा क्षेत्रनम्बर २ बिरगञ्ज, क्षेत्रनम्बर ४ भैरहवा, क्षेत्रनम्बर ६ बैतडी, क्षेत्रनम्बर ७ जनकपुर र क्षेत्रनम्बर ९ धनगढी रहेका छन् ।

पोखरा रंगशालामा जेठ २७ गते हुने उदघाटन खेलमा एपीएफ र क्षेत्रनम्बर १ विराटनगरबीच प्रतिस्पर्धामा हुनेछ । सोही दिन हुने दोस्रो खेलमा आयोजक पोखरा र क्षेत्रनम्बर ५ नेपालगञ्ज आमनेसामने अध्यक्ष प्रजुले बताए ।

उदघाटनकै दिन चितवनमा क्षेत्र नम्बर ४ भैरहवा बिरुद्ध क्षेत्रनम्बर ९ धनगढी प्रतिष्पर्धामा उत्रिनेछन् । दोस्रो खेल क्षेत्रनम्बर ७ जनकपुर र क्षेत्रनम्बर २ बिरगञ्जबीच हुने छ ।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ दी सिरिज हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट व्याट्स वुमेन र उत्कृष्ट टिमलाई जनही ५-५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

खेलाडीको भत्ता बृद्धि

प्रतियोगिताका लागि २५ लाख ६० हजार रुपैयाँ खेलकुद मन्त्रालयले विनियोजन गरेको छ । प्रतियोगितामा सहभागि खेलाडीहरुको भत्ता बृद्धि गरिएको छ । यसअघि दैनिक ५ सय रुपैयाँ पाउने खेलाडीहरुको भत्तामा २ सय रुपैयाँ थपेर ७ सय पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment