Comments Add Comment

१६ बुँदे सहमति प्रतिक्रान्तिकारी कदम : विप्लव

Netra bikram chand Biplav

२६ जेठ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले सोमबार राति प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिलाई गद्धारी र धोकाको साठगाँठको संज्ञा दिएको छ । यो प्रतिक्रान्तिकारी कदमको निरन्तरता रहेको विप्लव माओवादीको ठहर छ ।

नेकपा माओवादीका महासचिव विप्लवले मंगलबार विज्ञप्ति निकालेर सहमतिको भ्रममा नपरी त्यसको प्रतिवादको तयारीमा जुट्न सबैमा अनुरोध गरेका छन् ।

माओवादी शक्तिविनाको राज्यसत्ताको अर्थ नहुने भन्दै विप्लवले सत्तापक्ष र प्रतिपक्ष ४ दलबीच भएको सहमतिले राजनीतिक निकास नदिने दाबी गरेका छन् । नेपालमा संसदीय व्यवस्थाको अधिनायकत्व र हैकम नेपाली जनतालाई कदापी स्वीकार्य नहुने विप्वल माओवादीको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा संसदीय व्यवस्थाको अधिनायकत्व र हैकम नेपाली जनतालाई कदापी स्वीकार्य छैन । हामी माओवादी शक्तिविनाको राज्यसत्तालाई पुरै खारेज गर्दछौं । यदि वास्तविक निकास दिने हो भने सर्वपक्षीय राजनैतिक सहमति अपरिहार्य छ । जसको मूल विषय जनयुद्ध र नेपाली जनताका राजनैतिक प्रस्तावहरु हुनुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment