+
+

नागरिक बचतपत्रमा मागभन्दा १६ करोड कम आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २७ गते १८:०८

२७ जेठ, काठमाडौं । सरकारले निष्काशन गरेको २ अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचतपत्रमा मागभन्दा १६ करोड रुपैयाँ कम आवेदन परेको छ । यो बचतपत्रमा देशभर रहेका सर्वसाधारण नागरिकले मात्रै ल लगानी गर्न पाउँछन् ।

NRB-Photoनेपाल राष्ट्र बैंकले जेठ १२ गतेदेखि २६ गतेसम्म बिक्री खुल्ला गरेको यो बचतपत्रमा २ अर्ब ३४ करोड रुपैयाँ बराबरको आवेदन परेको प्रवक्ता डा. मिनबहादुर श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

‘पहिला-पहिला हामीले आहृवान गरेभन्दा निकै कम आवेदन पथ्र्यो’ श्रेष्ठले भने- ‘त्यस आधारमा यस पटकको आवेदन निकै धेरै हो ।’

कूल जारी गरिएको रकमभन्दा कम आवेदन परेकाले आवेदकहरुले आफूले माग गरेजति बचतपत्र पाउने उनले बताए । श्रैष्ठका अनुसार थारैमा १० हजारदेखि धेरैमा ६ करोड रुपैयाँसम्मको आवेदन परेको छ ।

२०७२ असार १ गतेदेखि गणना भएर पाँच वर्षका लागि निष्काशन गरिएको यो बचतपत्रमा ८ प्रतिशत व्याजदर दिने राष्ट्र बैंकले जनाएको छ । यो बचतपत्र खरिद गर्ने लगानीकर्ताले प्रत्येक ६ महिनामा व्याज भुक्तानी पाउँछन । नागरिक बचतपत्रमा दिइएको व्याजदर अहिलेको बजारको व्याजदर भन्दा झण्डै दोब्बर बढी हो ।

राष्ट्र बैंकले उपत्यका र मोफसलमा रहेका आफ्ना ७ वटा कार्यालयबाट र विभिन्न बैंक तथा वित्तीय संस्थाहरु देशभरका ५० स्थानबाट यो बचतपत्र बिक्री गरेका थिए ।

भूकम्पले पुर्‍याएको क्षतिको पुनसंरचनाका लागि सरकारले यो आर्थिक वर्षको अन्त्यसम्ममा ५३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसक्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । यसअघि नै पाँच अर्ब रूपैयाँ बराबरको ऋणपत्र बिक्री गरिसकिएको छ ।

यो पनि पढ्नुहोस्- महिना दिनभित्र ४८ अर्बको आन्तरिक ऋण उठाउँदै सरकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?