+
+

कृष्ण पहाडीको आरोप- सीके राउतलाई एमनेष्टीको ‘ब्याकिङ’ छ

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २८ गते १९:५८

Krishna-Pahadi

२८ जेठ, काठमाडौं । मानवअधिकारवादी नेता तथा गणतन्त्रका अभियन्ता कृष्ण पहाडीले केही व्यक्तिहरुको निहीत स्वार्थका कारण नेपालमा एमनेष्टी इन्टरनेशनलले बाटो बिराएको बताएका छन् ।

सीके राउतले नेपाली महिलाको अस्मितामाथि प्रहार गर्दै दिएको अभिव्यक्तिमा एमनेष्टी इन्टरनेनशलको ब्याकिङ रहेको पहाडीले एक वक्तव्यमार्फत जनाएका छन् । यसले नेपालमा रहेका एमनेष्टीका हजारौं सुभचिन्तकलाई मर्माहत तुल्याएको पहाडीले बताएका छन् ।

गणतान्त्रिक आन्दोलनमा सक्रिय रहेर हाल सार्वजनिक जीवनमा त्यति नदेखिएका नागरिक समाजका अगुवा पहाडीले विहीबार प्रेस वक्तव्य नै जारी गरेर एमनेष्टी इन्टरनेशनलको भूमिका माथि प्रश्न उठाएका हुन् ।

एमनेष्टीले गरेको गल्तीप्रति आफूले पत्राचार समेत गरिसकेको भन्दै पहाडीले यसको जवाफ पर्खिइरहेको बताए । सीके राउतको गिरफ्तारीप्रति आपत्ति जनाएको एमनेष्टीले राउतलाई अहिले पनि ब्याकिङ गरिरहेको भान परेको उनले वक्तव्यमा उल्लेख गरेका छन् ।

सिके राउतको पक्षमा बोल्ने एमनेष्टीले अनसनरत रहँदा मृत्युभएका नन्दप्रसाद अधिकारीको सवालमा बेवास्ता गरिरहेको पहाडीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?