+
+

कृष्ण कँडेल पनि एम्नेष्टी इन्टनेशनलबाट अलगिए

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २९ गते १४:१८

२९ जेठ, काठमाडौं । एम्नेष्टी इन्टनेशनल नेपाल शाखाका पूर्व सभापति कृष्ण कँडेलले पनि एम्नेष्टी इन्टनेशनलबाट अलग भएको घोषणा गरेका छन् ।

कँडेलले पनि पहाडीले जस्तै एम्नेष्टी इन्टनेशनलको नियतमाथि प्रश्न उठाएका छन् । यसअघि बिहीबार नेपाल शाखाका पूर्व सभापति एवं मानवअधिकारकर्मी कृष्ण पहाडीले एम्नेष्टी इन्टनेशनलबाट अलग भएको घोषणा गरेका थिए ।

कँडेलले छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनसन बसेका नन्दप्रसाद अधिकारीको निधन र सीके राउत प्रकरणमा एम्नेष्टी इन्टनेशनलमाथि प्रश्न उठाएका हुन् ।

नन्दप्रसाद अधिकारीको निधनबारे नबोलेको एम्नेष्टीले नेपाल विखण्डनको अभियानमा रहेका सीके राउतको पक्षमा वकालत परेको भन्दै कँडेलले भनेका छन्-‘राउतको पक्षमा पटक पटक अन्तराष्ट्रिय सचिवालयबाटै समर्थन जनाए जस्तो काम गरेकाले नेपालमा एम्नेष्टीको विश्वसनीयता र मर्यादामा घात पुगेको छ ।’

पूर्व सभापति कँडेलले २०१४ डिसम्बरदेखि आपत्ति जनाउँदै आएको र १६ अप्रिल २०१५ को बैठकले समेत ध्यानाकर्षण जनाउँदै महासचिवको जवाफ मागे पनि बेवास्ता गरेको बताएका छन् ।

एम्नेष्टी अन्तराष्ट्रियको सचिवालयको नियतमाथि शंका उत्पन्न भएको भन्दै कँडेलले क्षमायाचना नगरेसम्म अभियानबाट अलग भएको घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?