+

जनकपुर प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा

२०७२ जेठ  ३० गते १७:२६ २०७२ जेठ ३० गते १७:२६
जनकपुर प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा

३० जेठ, काठमाडौं । क्षेत्र नम्बर ७ जनकपुर प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनल पुगेको छ ।

शनिबार भएको खेलमा क्षेत्र नम्बर ९ धनगढीलाई १५ रनले पराजित गर्दै जनकपुर ४ खेलाबाट ८ अंकका साथ समूह बीबाट अन्तिम चारमा पुगेको हो ।

पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर ८६ रन बनायो । उसका लागि ममता चौधरीले अविजित ३६ रन बनाइन् । धनगढीकी कविता कुँवर एक्लैले तीन विकेट लिइन् ।

जवाफमा धनगढीले २० ओभरमा ८ विकेट गुमाएर ६९ रन मात्र बनाउन सक्यो । उसका लागि जानकी भट्टले १३, विमला भट्टले ११ रन बनाइन् भने कविता कुँवर १२ रनमा अविजित रहिन् ।

धनगढीलाई सस्तैमा समट्ने क्रममा जनकपुरकी अनुराधा चौधरी र शान्ति चौधरीले समान २-२ विकेट लिएकी छिन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय