+

१११ वर्ष पुरानो रेकर्ड तोड्दै नाथन बने सफल अफ स्पिनर

२०७२ जेठ  ३० गते १७:५२ २०७२ जेठ ३० गते १७:५२
१११ वर्ष पुरानो रेकर्ड तोड्दै नाथन बने सफल अफ स्पिनर

Nathan-Lyon

३० जेठ, काठमाडौं । नाथन लियोन १११ वर्ष पुरानो कीर्तिमान तोड्दै अष्ट्रेलियाको सफल अफ स्पिनर बनेका छन् ।

२७ वर्षका लियोनमा वेष्ट इण्डिजविरुद्धको दोस्रो टेष्टमा क्रममा क्रेग ब्रेथवेटलाई बोल्ड गर्दै नयाँ रेकर्ड बनाएका हुन् ।

यो उनको टेष्ट करियरको १४२ औं विकेट थियो । यससँगै उनले हृयु ट्रम्बलको कीर्तिमान भंग गरेका छन् । अष्ट्रेलियाको सफल अफ स्पिनर ट्रम्बलले सन् १९०४ ३२ टेष्टमा मा १४१ विकेटको रेकर्ड बनाएका थिए ।

दोस्रो टेष्टको दोस्रो दिनको खेल सकिँदासम्म लियोनले ३ विकेट लिएका छन् । यससँगै ४१ टेष्टमा १४४ विकेट भएको छ ।

२०११ मा फस्ट क्लास क्रिकेटमा डेब्यू गरेकोमा उनले केही समयपछि नै श्रीलंकाविरुद्धको टेष्टमा कुमार सांगाकाराको विकेट लिएका थिए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय