Comments Add Comment

ऋतु महासेठको हत्या गर्ने विमलेशलाई सर्वस्वसहित जन्मकैद

bimlehs-yadav

३१ जेठ, काठमाडौं । ऋतु महासेठको हत्यामा संलग्न विमलेशप्रसाद यादवलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

आइतबार न्यायाधीश कुलप्रसाद शर्माको इजलासले ऋतुको हत्या महासेठको छुरा प्रहारबाटै भएको ठहर सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो ।

जनकपुरस्थित ऋतुकै घरमा ट्याक्टर ड्राइभरका रुपमा काम गर्ने यादवले गत मंसिरमा काठमाडौंको मैतिदेवीमा छुरा प्रहार गरी ऋतुको हत्या गरेका थिए ।

उनले ऋतुले आफूहरुबीचको प्रेम सम्बन्ध एकतर्फीरुपमा तोडेकाले हत्या गरेको बयान प्रहरीलाई दिएका छन् ।

यो पनि पढ्नुस्

रीतुको हत्यारा उनकै घरको ड्राइभर (भिडियो सहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment