१६ असोज, काठमाडौं । १० भदौ २०८३ मा नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्याउन विश्वप्रसिद्ध मोटर कम्पनी होन्डाले १ लाख अमेरिकी डलर आर्थिक सहयोग प्रदान गरेको छ ।
कम्पनीले बाढीपीडितको सहयोगार्थ उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो । होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालयका रूपमा थाइल्यान्डको बैंककमा रहेको ‘एसियन होन्डा मोटर कम्पनी लिमिटेड’ ले थाई रेडक्रस सोसाइटी मार्फत उक्त सहयोग रकम नेपाल पठाएको बताएको छ ।
विनाशकारी बाढीले पुर्याएको क्षतिप्रति दु:ख व्यक्त गर्दै होन्डाले प्रभावित परिवार तथा सम्पूर्ण नेपाली समुदायप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
साथै, कम्पनीले बाढी प्रभावित क्षेत्रका नागरिकहरूको शीघ्र पुनर्स्थापना र जनजीवन सामान्य अवस्थामा फर्किने कामना समेत गरेको छ ।
यस सहयोगले प्रभावित क्षेत्रमा चलिरहेको उद्धार, राहत वितरण र पुनर्निर्माण कार्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास कम्पनीले लिएको छ ।
प्रतिक्रिया 4