Comments Add Comment

३७ थान ल्यापटप चोर्ने तेजबहादुर पक्राउ

१ असार, काठमाडौं । प्रहानगरीय प्रहरी अपराध महाशाखाले एक एजुकेसन सेन्टरबाट ३७ थान ल्यापटप चोर्ने तेजबहादुर मगरलाई पक्राउ गरेको छ ।

laptopप्रहरीका अनुसार कुमार थापा भन्ने तेजबहादुरले जेठ २८ गते टोखास्थित द चेल्सी एजुकेसन सेन्टरबाट ३७ थान ल्यापटप चोरेका थिए ।

नुवाकोट कल्याणपुर ५ घर भई धापासी बस्ने थापा मातातिर्थ र किर्तिपुरमा भएको डाका घटनामा ८ वर्ष जेल परी २०६८ फागुनमा छुटेका थिए ।

कोटेश्वर सुविधानगरस्थित राहुल गुप्ताको डेरा कोठाबाट ३३ थान ल्यापटप बरामद बरामद भएको छ । राहुलले चोरीका सामान भन्ने थाहा पाएर पनि लुकाई छिपाई राखी विकि्र गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार तेजबहादुरको समूहले वैशाख २० गते ढुंगेधारास्थित रितु केसीको घरबाट टीभी ल्यापटप चोरी गरेको थियो । चोरीमा संलग्न पक्राउ पर्नेमा काभ्रेका रामबहाहुर लामा, दोलखाका सुमन थापा र सिन्धुलीका जिवन श्रेष्ठ भन्ने तुलस बहादुर श्रेष्ठ छन् ।

भूकम्पको क्रासले मानिसहरु पालका सुतेको मौका छोपेर उनीहरुले टीभी, ल्यापटप नगद गरी ५ लाख ८४ हजार बराबरको धनमाल चोरी गरेका थिए । पक्राउ परेकाहरुको साथबाट मंगलसुत्र, चुरा, सिक्रीका साथै मोबाइल पाँच थान र खुकुरी दुई थान बरामद भएको छ ।

यस्तै बुढानिलकण्ठ ९ क राजु सापकोटाको डेरा कोठाको ताला फुटाएर ल्यापटप चोरी गरेको अभियोगमा उमेश मगर, मनिष लामा र दिलिप तामाङ पक्राउ परेका छन् । उनीहरुको साथबाट एक थान ल्यापटप बरामद भएको प्रहानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment