+
+

वैदेशिक रोजगारी छाडेर पशुपालनमा

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २ गते १६:४१

२ असार, परासी । नवलपरासीका विभिन्न क्षेत्रमा युवा यतिबेला वैदेशिक रोजगारी छाडेर पशुपालन व्यवसायमा लाग्ने क्रम बढ्दै गएको छ ।

आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् मुकुन्दपुरका आनन्द रिजाल । वैदेिशक रोजगारमा जान छाडेर अमरापुरीमा व्यावसायिक गाईपालन थालेका छन् ।

चार वर्ष खाडी मुलकु गएर रोजगारी गरेका रिजालले गैडाकोट– १७ अमरापुरीमा दूध उत्पादन, दूधजन्य बस्तुको उत्पादन एवम् गाईका विभिन्न प्रजातिको नष्ल सुधार गर्ने गरी अमरापुरी पशु विकास फार्म सञ्चालन गर्दै आएका छन् ।

दश वटा दूधालु गाईबाट सुरु गरिएको उक्त फार्ममा अहिले माउ र बाच्छा गरी २० वटा गाई रहेका छन् । अहिले दैनिक १०० लिटर दूध उत्पादन गर्न सफल भएको उहाँले बताउनुभयो । जर्सी र सिन्धी प्रजातिका गाईपालन गरिएको यस फार्ममा होलिस्टेन प्रजातिका केही गाईलाई परीक्षणका रुपमा समेत पालन गरिएको छ ।

दूध उत्पादन, दूधजन्य बस्तुको उत्पादन, लोपोन्मुख स्थानीय पशु प्रजातिको संरक्षण, पशुको नश्ल सुधारलगायतका लक्ष राखेर सुरु गरिएको यस पशु फार्मको लगानी रु ५० लाखभन्दा बढी रहेको सञ्चालक रिजालले बताए । उक्त मार्फमा पाँच युवाले रोजगारी समेत पाएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?