+
+

सहकारी पीडितले भोलिदेखि फेरि आन्दोलन सुरु गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते १५:०९
फाइल तस्वीर

१० जेठ, काठमाडौं । सहकारी पीडित बचतकर्ताहरूले ११ जेठदेखि फेरि आन्दोलन सुरु गर्ने भएका छन् ।

सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयनन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् ।

देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन घोषणा गरेको हो ।

महासंघका अध्यक्ष कुसलभ केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए ।

११ जेठमा माइतीघर मण्डलाबाट सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन सुरु गर्ने उनले बताए ।

‘११ जेठमा ११ बजे माइतीघर मण्डलाबाट हामी आन्दोलन सुरु गर्छौं । र्‍याली गर्छौं । र्‍यालीपछि कोणसभा गरेर हामी रिले अनशन सुरु गछौं,’ उनले भने ।

सहकारी पीडितहरूको माग पूरा नभएसम्म अब आन्दोलन देशैभरि सशक्त रुपमा अगाडि बढ्ने उनले बताए ।

नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुने उनले बताए ।

आफूहरुले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरेपनि अहिलेसम्म ती सम्झौता पालना नभएकोले तेस्रो पटक आन्दोलनमा जानु परेको उनले बताए ।

हालका मन्त्री बलराम अधिकारीसँग पनि सम्झौता भएको उनले बताए । तर, अहिलेका मन्त्रीले पनि बचतकर्ताको पक्षमा कुनै काम नगरेको कारण संघर्षका कार्यक्रम घोषणा गर्नुपरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?