News Summary
Generated by OK AI. Editorially reviewed.- सहकारी पीडित बचतकर्ताहरूले आफ्नो बचत फिर्ताको माग गर्दै काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन्।
- सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको संयोजकत्वमा पीडितहरू प्लेकार्डसहित सडकमा उत्रिएका हुन्।
- प्रदर्शनकारीहरूले बचतकर्तालाई न्याय दिन र ठगी रोक्न सरकारसँग माग गरेका छन्।
११ साउन, काठमाडौं । सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमबार दिउँसो काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रको सडकमा पीडितहरू प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरूले ‘जग्गा मिलानका नाममा पीडित बचतकर्ताहरूलाई गर्ने ठगी बन्द गर’, ‘सहकारी पीडित बचतकर्ताहरूलाई न्याय देउ’, ‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारीदेऊ’, ‘सहकारी पीडित बचतकर्ता एक होऔं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको संयोजकत्वमा सोमबार प्रदर्शन गरिएको हो ।
थप तस्वीरहरू–



















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4