+
+
Shares

बैतडीमा घाँस काट्ने क्रममा ढुंगाले लागेर महिलाको मृत्यु   

रासस रासस
२०८३ साउन ११ गते १४:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीको सुर्नया गाउँपालिका–२ मा घाँस काट्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर २२ वर्षीया अस्मिता भट्टको घटनास्थलमै मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिए ।

११ साउन, बैतडी । बैतडीमा घाँस काट्ने क्रममा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–१ की २२ वर्षीया अस्मिता भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

उनका अनुसार आज बिहान करिब ९ः३० बजे सुर्नया गाउँपालिका–२ कैलडाँडा क्षेत्रमा घाँस काटिरहेका बेला माथिबाट खसेको ढुंगा लागेर भट्टको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?