News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहामा २१ वैशाख सोमबार साँझ आएको हावाहुरीले घरको छतको रेलिङ भत्किएर ७५ वर्षीया कारीदेवी महराको मृत्यु भएको छ।
- महरालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेशबहादुर पालले जानकारी दिनुभयो।
- प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
२१ वैशाख, सिरहा । सिरहामा सोमबार साँझ आएको ठूलो हावाहुरीका कारण घरको छतको रेलिङ भत्किएर खस्दा एक जना महिलाको ज्यान गएको छ।
मिर्चैया नगरपालिका–११, सितापुर टोलकी करिब ७५ वर्षीया कारीदेवी महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हावाहुरीका कारण घरको छतमा लगाइएको इँटाको रेलिङ भत्किएर खस्दा उनी गम्भीर घाइते भएकी थिइन् ।
घरको बरन्डामा बसिरहेको अवस्थामा अचानक रेलिङ भत्किएर उनको टाउकोमाथि खसेको थियो ।
घाइते अवस्थामा उनलाई उपचारका लागि मिर्चैयास्थित मंगलम अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाका डीएसपी एवं प्रवक्ता रमेशबहादुर पालले जान्कारी दिए ।
डीएसपी पालका अनुसार उपचारका लागि उनलाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4