+
+
Shares

सडकपेटी आश्रित दृष्टिविहीन नागरिकको काठमाडौंमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले सडकपेटीमा व्यापार गर्न नदिएको भन्दै दृष्टिविहीन नागरिकहरूले माइतीघरमा सोमबार विरोध प्रदर्शन गरेका छन् ।
  • प्रदर्शनकारीहरूले योग्यता अनुसारको रोजगारीको व्यवस्था नभए प्रति महिना २० हजार रुपैयाँ बेरोजगार भत्ता दिन सरकारसँग माग गरेका छन् ।
  • सडकपेटीमा व्यापार गर्दा नगरप्रहरीले दमन गर्ने र अभद्र व्यवहार गर्ने गरेको दृष्टिविहीन नागरिक सुदीप ओलीले गुनासो गरे ।

८ असार, काठमाडौं । सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

काठमाडौं महानगरले सडकपेटी, मठमन्दिर र चोकहरूमा आफ्नो जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा सडकपेटी आश्रित दृष्टिविहीन नागरिक सुदीप ओलीले सरकारले दृष्टिविहीनहरूको गाँस, बास र कपासको ग्यारेन्टी नगरेको र उल्टै सडकमा व्यापार गरेर जीवनयापन नदिएको गुनासो गरे ।

नगरप्रहरीहरूले आएर दमन गर्ने, दिनभर होल्डिङ सेन्टरमा थुन्ने र महिलाहरूमाथि अभद्र व्यवहार गर्ने गरेको उनले बताए । राज्यले दृष्टिविहीनहरूलाई सडकपेटीमा मर्यादित रूपमा गरी खान दिनुपर्ने, योग्यता अनुसारको रोजगारीको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

राज्यले आफुहरुलाई रोजगार दिन नसकेको खण्डमा बेरोजगार भत्ता बापत प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?