+
+
Shares

माइतीघरबाट वीर अस्पतालतर्फ जान खोज्ने युवाहरूलाई प्रहरीले भद्रकालीमा रोक्यो (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८३ असार २६ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि आक्रोशित युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
  • माइतीघर मण्डलाबाट वीर अस्पतालतर्फ अघि बढेका प्रदर्शनकारीहरूलाई सुरक्षाकर्मीहरूले भद्रकाली क्षेत्रमा रोकेका छन्।
  • प्रदर्शनमा सहभागी युवाहरूले सरकारविरुद्ध चर्का नारा लगाउँदै न्यायको मागसहित विभिन्न प्लेकार्ड प्रदर्शन गरेका छन्।

२६ असार, काठमाडौं । गणेश नेपालीको मृत्युपछि सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरू माइतीघर मण्डलाबाट वीर अस्पतालतर्फ जान खोज्दा सुरक्षाकर्मीहरूले उनीहरूलाई रोकेका छन् ।

माइतीघर मण्डलाबाट उनीहरू भद्रकाली हुँदै वीर अस्पताल जान खोजेका थिए ।

तर उनीहरूलाई सुरक्षाकर्मीहरूले भद्रकालीमा रोकेका छन् ।

प्रदर्शनमा उत्रिएका युवाहरूले ‘बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’, राज्य आतंका मुर्दावाद, बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो, हत्यारा सरकार मुर्दावाद लगायत नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?