+
+
Shares

बालेनलाई कांग्रेसले सम्झायो संसद् भवन अगाडि प्रेम आचार्यले आत्मदाह गर्दाको स्टाटस

कांग्रेसकी प्रमुख सचेतक बासना थापाले बिहीबार राहदानी विभाग अगाडि बाध्य भएर २५ वर्षीय गणेश नेपालीको आत्मदाहको प्रयास गरेको बताएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेसकी प्रमुख सचेतक बासना थापाले राहदानी विभाग अगाडि २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेको विषय संसद्मा उठाएकी छन् ।
  • थापाले प्रेम आचार्यको आत्मदाहका बेला बालेन शाहले लेखेको स्ट्याटस स्मरण गराउँदै अहिले सत्तामा रहँदा किन मौन भनी प्रधानमन्त्रीलाई प्रश्न गरिन् ।

२६ असार, काठमाडौं । नेपाली कांग्रेसले २५ वर्षीय गणेश नेपालीले बाध्य भएर आत्मदाह गर्नुपरेको बताएको छ ।

शुक्रबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले बिहीबार राहदानी विभाग अगाडि बाध्य भएर २५ वर्षीय गणेश नेपालीको आत्मदाहको प्रयास गरेको बताएकी हुन् ।

यो विषय संसद्मा उठाउँदै गर्दा उनले २०७९ माघ १० गते प्रेम आचार्यले नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गरेको स्मरण गरिन् । त्यसबेला बालेन शाह काठमाडौं महानगरपालिकाका मेयर थिए । त्यसबेला उनले आचार्यको आत्मदाहमा राज्यको नीति जोडिएको भनेर स्ट्टस लेखेका थिए ।

बालेनलाई त्यसबेलाको स्ट्याटस थापाले स्मरण गराएकी हुन् ।

‘प्रेम आचार्यले नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गर्दा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नुभएको स्ट्टस आज पनि सम्झनु भएको छ कि बिर्सनुभयो प्रधानमन्त्री ज्यू ?’

विगतमा प्रश्न गरेको तर अहिले सत्ताको नेतृत्वमा रहँदा किन मौन रहेको भनेर उनले प्रश्न गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?