News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वनाम नाटकघरले बालबालिकाको प्रतिभा विकास गर्न 'म पनि एक्टर' राष्ट्रव्यापी बाल अभिनय प्रतियोगिता आयोजना गर्ने भएको छ ।
- पाँचदेखि १५ वर्ष उमेर समूहका बालबालिकाले भाग लिन पाउने उक्त प्रतियोगिताका लागि १० अगस्टसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
- उत्कृष्ट तीन प्रतियोगीलाई नगद पुरस्कार र उत्कृष्ट पाँच जनालाई तीन महिनाको निःशुल्क अभिनय प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएका छन् ।
काठमाडौं । सर्वनाम नाटकघरले बालबालिकामा रहेको अभिनय प्रतिभाको पहिचान, विकास र प्रवर्धन गर्ने उद्देश्यले ‘म पनि एक्टर’ राष्ट्रव्यापी बाल अभिनय प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन सक्नेछन् । देशभरबाट प्राप्त आवेदनमध्ये उत्कृष्ट ३० जना प्रतियोगी छनोट गरिनेछन्, सो थिएटरमा प्रत्यक्ष अभिनय प्रस्तुति दिने अवसर प्राप्त गर्नेछन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट पाँच जना विजेतालाई सर्वनाम थिएटरद्वारा सञ्चालन हुने तीन महिनाको अभिनय प्रशिक्षण निःशुल्क प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगिताले देशभर रहेका बालबालिकाको अभिनय क्षमता उजागर गर्नुका साथै भविष्यका कलाकारलाई व्यावसायिक रंगमञ्चसँग जोड्ने अपेक्षा गरिएको छ ।
विद्यालय, अभिभावक तथा स्थानीय समुदायको सक्रिय सहभागिताले प्रतियोगितालाई अझ प्रभावकारी बनाउने विश्वास पनि संस्थाले व्यक्त गरेको छ । प्रतियोगिताका लागि आवेदन दिने अन्तिम मिति १० अगस्टसम्म तोकिएको छ। आवेदन अनलाइन माध्यमबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया 4