News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले राहदानी विभाग अगाडि भएको गणेश नेपालीको आत्मदाह घटनाबारे सदनलाई सत्यतथ्य जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
- सांसद परियारले भने, ‘सरकार आज तिमी आउँदा नआउँदै, तिम्रो सरकार गठन हुँदा नहुँदै कयौं गरिबहरूको घर भत्काइएको छ, कयौं गरिबको बिचल्ली भएको छ, दलितको ज्यान गएको छ ।’
- उनले घाइतेको उद्दार गर्दा प्रहरीले अपराधीलाई जस्तो अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् ।
२६ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले मुगुका गणेश नेपालीको आत्मदाहको घटनाको सत्यतथ्य सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
राष्ट्रियसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले राहदानी विभाग अगाडि बिहीबार भएको आत्मदाहको घटनाबारे सरकारको जवाफ माग गरेका हुन् ।
‘सरकार आज तिमी आउँदा नआउँदै, तिम्रो सरकार गठन हुँदा नहुँदै कयौं गरिबहरूको घर भत्काइएको छ, कयौं गरिबको बिचल्ली भएको छ, दलितको ज्यान गएको छ । आज तीन जना दलितले सरकारकै कस्डडीमा, सरकारकै उपस्थितिमा ज्यान गमाउनु परेको छ,’ सांसद परियारले भने, ‘सरकार यस्तो अचाक्ली चल्दैन, यति धेरै अमानवीय तरिकाले गरिब, दलित मार्ने तरिकाले सरकार अगाडि बडढ्छ भने जनता सहरेर बस्न सक्दैनन् । सरकारले घटनाको बारेमा सत्यतथ्य बुझेर सदनलाई जानकारी गराओस् ।’
उनले नेपालीको उद्दारका क्रममा प्रहरीले अपराधीलाई जस्तो व्यवहार गरेको भन्दै आपत्ति पनि जनाए ।
‘म राज्यलाई सोध्न चाहन्छु– सरकार तिमीले गणेश नेपालीलाई उद्दार गरेको कि पक्रेर हस्पिटल लिएर गएको ?,’ सांसद परियारले भने, ‘मानवीय रुपमा अलिकति पनि संवेदनशील नभइकन एउटा अपराधीलाईजस्तो गरेर त्यत्रो आगोले पोलेको विक्षिप्त शरीरलाई अपराधीलाई जस्तो गरेर तानेर जसरी प्रहरीहरुले हस्टिल लगेर गए त्यसप्रति खेद प्रकट गर्न चाहन्छु ।’
प्रतिक्रिया 4