News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद नरबहादुर बिष्टले वर्तमान सरकारलाई सुकुम्वासी र गरिबमारा भन्दै राष्ट्र जलाएर आएको राक्षसी सरकारको संज्ञा दिएका छन्।
- राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद बिष्टले मुगुका गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन्।
- प्रहरी डीएसपी प्रशन्नराज चौधरीलाई जिल्ला तानिएको विषयमा आपत्ति जनाउँदै उनले सरकारका विरुद्ध नेपाली जनता धेरै समय चुप लागेर नबस्ने चेतावनी दिएका छन्।
२६ असार, काठमाडौं । सांसद नरबहादुर बिष्टले बालेन शाह नेतृत्वको सरकारलाई राष्ट्र जलाएर आएको राक्षसी सरकारको संज्ञा दिएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले सरकारमाथि यस्तो टिप्पणी गरेका हुन् ।
‘यो सरकार सुकुमवासी, दलित, भूमिहिन, मधेसी, मुस्लिम, गरिबमारा सरकार । यो राष्ट्र जलाएर आएको राक्षसी सरकार हो जस्तो लाग्छ मलाई,’ सांसद बिष्टले भने ।
सरकारले जनतालाई बाध्य पार्ने परिस्थिति सिर्जना गरिरहेको पनि आरोप लगाए । ‘यसले राष्ट्रको सम्पत्ति जलायो, देशको इतिहास जलायो, आज त्यो इतिहासको नाममा कालो चश्मा र कालो कोट लगाएर फेरि एकचोटि नेपाली जनतालाई बाध्य पार्ने परिस्थिति सिर्जना गर्दैछ,’ उनले भने, ‘त्यसैले म यो सरकारको घोर भत्र्सना गर्न चाहन्छु ।’
सांसद बिष्टले मुगुका गणेश नेपालीको आत्मदाहको घटनाको निष्पक्ष छानबिन गर्न र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरे । उनले कैलालीको सुख्खडस्थित इलाका प्रहरी कार्यालयका डीएसपी प्रशन्नराज चौधरीलाई जिल्ला तानिएको विषयमा पनि आपत्ति जनाए ।
‘एउटा डीएसपी चौधरीले म नेपाल सरकारको प्रहरी हुँ भन्न नपाउने ? म बालेनको प्रहरी होइन, नेपाल प्रहरी हुँ भन्दा उसलाई जिल्लामा झिकाइन्छ,’ बिष्टले भने, ‘यस्ता अत्याचारी क्रुर शासकका विरुद्धमा नपाली जनता पर्खेर धेरै बस्न सक्दैनन् जस्तो लाग्छ ।’
प्रतिक्रिया 4