+
+
Shares

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र

पाठ्यक्रम प्रारूप परिवर्तन कार्यलाई तीव्रता दिएको केन्द्रले शुक्रबार विज्ञ एवं सरोकारवालासँग छलफल गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि विज्ञ र सरोकारवालाहरूसँग अनुभव आदानप्रदान कार्यशाला आयोजना गरेको छ।
  • महानिर्देशक युवराज पौडेलले विद्यालय शिक्षाको गुणस्तर वृद्धिका लागि पाठ्यक्रम कार्यान्वयनका चुनौती र सफल अभ्यासको आदानप्रदान आवश्यक रहेको बताए ।

२६ असार, काठमाडौं । पाठ्यक्रम विकास केन्द्र (सिडीसी) ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि ‘पाठ्यक्रम तथा यसको प्रभावकारी कार्यान्वयन सम्बन्धी अनुभव आदानप्रदान कार्यशाला’को आयोजना गरेको छ ।

पाठ्यक्रम प्रारूप परिवर्तन कार्यलाई तीव्रता दिएको केन्द्रले शुक्रबार विज्ञ एवं सरोकारवालासँग छलफल गरेको हो ।

कार्यशालामा राष्ट्रिय पाठ्यक्रम प्रारूप (एनसी) पुनरावलोकन कार्यदलका सदस्य, शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा समीक्षा कार्यालय, पाठ्यक्रम विकास केन्द्रका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक तथा उत्कृष्ट अभ्यास प्रस्तुत गर्ने शिक्षकसहित करिब ५० जनाको सहभागिता रहेको थियो ।

कार्यशालाको उद्घाटन गर्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिका लागि पाठ्यक्रम कार्यान्वयनका अनुभव, चुनौती र सफल अभ्यासहरूको आदानप्रदान आवश्यक रहेको बताए ।

शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले विद्यालय शिक्षाको नीतिगत दिशा र पाठ्यक्रम सुधारका प्राथमिकताबारे धारणा प्रस्तुत गरे ।

कार्यशालामा सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी युवाको आवाज, बुक–फ्री फ्राइडे, नेपाली शिक्षा प्रणाली, ए–लेभल, आईबी तथा सीबीएसई विद्यालय सम्बन्धी अभ्यास, चुनौती, नीतिगत आवश्यकता तथा सुधारका सुझावमाथि छलफल गराइएको थियो ।

छलफलमा डा. लवदेव अवस्थी, डा. हरि लम्साल, डा. विश्वबाला थापा तथा डा. लेखनाथ पौडेलले पाठ्यक्रम कार्यान्वयनका अनुभव, नीतिगत सुधार र विद्यालय शिक्षाको रूपान्तरणका सम्भावनाबारे विचार राखेका थिए ।

छलफलको सहजीकरण पवित्र बहादुर गौतमले गरेका थिए । समापन सत्रमा डा. मीनाक्षी दाहाल र प्रा. डा. बालचन्द्र लुइँटेलले कार्यशालाबाट प्राप्त मुख्य निष्कर्ष, सुझाव तथा आगामी कार्यदिशाबारे प्रकाश पार्दै यस्ता अनुभव आदानप्रदान कार्यक्रमले विद्यालय शिक्षाको गुणस्तर सुधार, प्रमाणमा आधारित नीति निर्माण तथा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?