+
+
Shares

वर्षमानले संसद्‍मा पढेर सुनाए प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले लेखेको स्टाटस

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १३:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेता वर्षमान पुनले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रकरण उठाउँदै काठमाडौं महानगरका मेयर बालेन शाहले विगतमा दिएको अभिव्यक्तिबारे संसद्मा प्रश्न उठाएका छन् ।
  • महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि पीडित गणेशले राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका थिए, जसका कारण उपचारका क्रममा उनको शुक्रबार मृत्यु भएको छ ।
  • नेता पुनले प्रेम आचार्यको आत्मदाह हुँदा मेयर बालेनले लेखेको ‘राज्यको चरम असफलता’ भन्ने स्टाटस सम्झाउँदै सोही प्रश्न अहिले प्रधानमन्त्रीलाई सोधेका हुन् ।

२६ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले लेखेको स्टाटस संसद्‍मा पढेर सुनाएका छन् ।

मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह स्मरण गर्दै नेता पुनले प्रेम आचार्यले आत्मदाह गर्दा बालेनले लेखेको स्टाटस स्मरण गाराका हुन् ।

२०७९ माघ १० गते प्रेम आचार्यले नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गरेका थिए ।

त्यसबेला बालेन शाह काठमाडौं महानगरपालिकाका मेयर थिए । त्यसबेला उनले आचार्यको आत्मदाहमा राज्यको नीति जोडिएको भनेर स्टाटस लेखेका थिए ।

त्यसबेला बालेनले ‘एकजना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद् भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर निराशा पोख्छन् । त्यो निराशाका कारण र धेरै संकेतहरू होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो’ भनेर लेखेका थिए ।

यो बुझाइमा अहिले पनि हो वा फेरि यो भनेर नेता पुनले प्रधानमन्त्री बालेनलाई प्रश्न गरेका छन् ।

मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।

करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा उनको शुक्रबार मृत्यु भएको छ ।

भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि शुक्रबार दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए ।

यो विषयमा संसद्मा अनय विपक्षी दलहरूले पनि सरकारको ध्यानाकर्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?