+
+
Shares

गणेश नेपालीको परिवारलाई क्षतिपूर्ति दिन नेकपाको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ ।
  • त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो ।
  • सांसद पार्वती विकले घटनाका दोषीमाथि कारबाही गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेकी छन् ।

२६ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गणेश नेपालीका परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ ।

शुक्रबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै नेकपाकी सांसद पार्वती विकले ‘गणेश नेपाली जस्ता नागरिकले जिउँदै जदलेर मर्नुपरेको’ भनेर सरकारको ध्यानाकर्षण गरिन् ।

उनले थपेकी छन्, ‘घटनाका दोषीहरूउपर कारबाही होस् । मृतकका परिवारकालाई क्षतिपूर्ति दिइयोस् ।’

मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।

करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा उनको शनिबार मृत्यु भएको छ ।

भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि शुक्रबार दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए ।

यो विषयमा संसद्मा अनय विपक्षी दलहरूले पनि सरकारको ध्यानाकर्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?