News Summary
Generated by OK AI. Editorially reviewed.- राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ ।
- श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले घटनाको छानबिन गरी मृतकको परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
- महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक गरेपछि मानसिक तनावमा रहेका नेपालीले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।
२६ असार, काठमाडौं । श्रम संस्कृति पार्टीले गणेश नेपालीको मृत्युले सम्पूर्ण नेपालीबासी दु:खी भएको बताएको छ ।
शुक्रबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले गणेश नेपालीको मृत्युको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गरिन् ।
‘गणेश नेपालीको मृत्युको कारण आज हामी सम्पूर्ण नेपालीवासी दुखी छौं’ उनले भनेकी छन्, ‘सम्बन्धित मन्त्रालयले छानबिन गरी मृतकको परिवारलाई राहत दिन अनुरोध गर्दछौं ।’
मुगुका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।
करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा उनको शनिबार मृत्यु भएको छ ।
भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि शुक्रबार दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए ।
यो विषयमा संसद्मा अनय विपक्षी दलहरूले पनि सरकारको ध्यानाकर्षण गरेका छन् ।
प्रतिक्रिया 4