News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुगुका गणेश नेपालीको आत्मदाहलाई नागरिक निराशाको प्रतिनिधि रूप भएको बताएका छन् ।
- शर्माले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर बन्न र समाजमा आशा जगाउने कार्यमा ध्यान दिन सुझाव दिएका छन् ।
- शर्माले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै सरकार किन आशाको सट्टा त्रासको प्रतीक बन्दै गएको भनी प्रश्न गरेका छन् ।
२६ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रका शर्माले मुगुका गणेश नेपालीको आत्मदाह नागरिक निरासाको प्रतिनिधि रूप भएको बताएका छन् ।
उपचारका क्रममा नेपालीको मृत्यु भएपछि उनले सामाजिक सञ्जाल एक्समार्फत यस्तो टिप्पणी गरेका हुन् ।
‘नागरिक ‘फ्रस्टेसन’ को प्रतिनिधि रुप हो गणेश नेपालीको आत्मदाह,’ उपसभापति शर्माले लेखेका छन्, ‘हामी पुराना गएर, ‘नयाँ’ आएपछि पनि समाजमा ‘होप क्रियट’ किन हुन सकिरहेको छैन, गहिराईमा गहन दृष्टि जरुरी छ ।’
उनले प्रधनमन्त्री वालेन्द्र शाह ‘बालेन’ लाई गम्भीर बन्न सुझाव पनि दिएका छन् । ‘गम्भीरताप्रति गम्भीर बन्नोस्,’ प्रधानमन्त्रीको एक्स ह्यान्डललाई मेन्सन गर्दै शर्माले भनेका छन्, ‘समाजमा आशा मर्यो भने विश्वास जीवित रहन्न ।’
विगतमा पुराना राजनीति दलले नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेम आचार्यलाई जीवनको आशामा बाँध्न नसकेको उनले स्वीकार गरेका छन् ।
‘हिजो प्रेम आचार्यलाई हामीले जीवनको आशमा बाँध्न सकेनौं । आज गम्भीर ‘फ्रस्टेसन’ किन यति छोटो समयमा ?,’ प्रश्न गर्दै शर्माले भनेका छन्, ‘सब ठीकठाक भइरहेको छ, हिजो हाम्रा शीर्षले सोचे । परिणाम नकारात्मक निक्लियो ।’
उपसभापति शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकार त्रासको प्रतीक बन्नुको कारण पनि सोधेका छन् । ‘ठीकठाक भइरहेको दृश्य हो यो ?,’ लामिछानेलाई मेन्सन गर्दै उनले सोधेका छन्, ‘सरकार आशको होइन त्रासको प्रतीक किन बन्दैछ ?’
प्रतिक्रिया 4