+
+

कन्चनपुरमा ५ भारतीय नागरिक हतियारसहित पक्राऊ

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ३ गते १२:०७

३ असार, कन्चनपुर । हतियारसहित नेपाल प्रवेश गरेका ५ भारतीय नागरिक हतियारसहित पक्राउ परेका छन् । कन्चनपुरको चाँदनी-दोधारा क्षेत्रको कुतियाकबरमा हतियारसहित आएका ५ जना भारतीय नागरिक घरेलु हतियारसहित पक्राउ परेका हुन् ।

Kanchanpur-Mapभारतीय सिमावर्ती बजार मेलाघाट र खटिमाबाट हतियारधारी समूह बुधबार नेपाल प्रवेश गरेको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि सशस्त्र र नेपाल प्रहरीको टोलीले घेरा हालेको थियो । त्यसपछि भारतीय भूमि तर्फ भाग्दै गरेका ५ जनालाई भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीले खुँडा र चक्कुसहित पक्राउ गरेको हो ।

कुतियाकबरबाट पक्राउ परेका उनीहरुको साथबाट खुँडा, चक्कु, लठ्ठी र भारतीय नम्बर प्लेटको युके ०६ आर ८३१७ नम्बरको मोटरसाईकल बरामद भएको छ । पक्राउ परेकाहरुको परिचय भने खुलाइएको छैन ।

सो भारतीय समूह नेपाल चाँदनी दोधारा १० का भोपाल बस्नेतलाई आक्रमण गर्न नेपाल प्रवेश गरेको स्थानीयले बताएका छन् । तर, बस्नेतको आक्रमण गर्न किन खोजियो भन्ने खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका डिएसपी अविनारायण काफ्लेले यसबारे बुझ्ने प्रयास गरिरहेको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘मैले भर्खरै मिडियाकै साथीले फोन गरेपछि थाहा पाएँ म बुझ्दै छु ।’

नेपाली नागरिकलाई आक्रमण गर्ने उद्देश्यले भारतीय समूह बुधबार हतियारसहित प्रवेश गरेपछि कुतियाकबर क्षेत्रमा तनाव सिर्जना भएको थियो । तनाव भएपछि भारतीय सीमा सुरक्षाबल एसएसबीले सीमा क्षेत्रबाट आवत-जावत गर्न सर्बसाधारणलाई रोक लगाएको छ ।

कुतियाकबर क्षेत्र सदरमुकाम महेन्द्रनगरबाट झण्डै ३० किलोमिटर दक्षिण पश्चिममा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?