+
+

काठमाडौंमा अनुमति बिना ल्याएका २३४ बालबालिका भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ४ गते ७:२२

४ असार, काठमाडौं । आश्रयको आवरणमा भूकम्प प्रभावित जिल्लाबाट अनधिकृत रूपमा काठमाडौं भित्र्याइएका २ सय ३४ बालबालिका फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं र केन्द्रीय बालकल्याण समितिले अनुमतिबिना काठमाडौं भित्र्याइएका भूकम्प प्रभावित बालबालिका खोजी गर्दा थानकोट, स्वयम्भू र धर्मस्थलीमा ती बालबालिका फेला परेका हुन् ।

फाइल तस्वीर
फाइल तस्वीर

धर्मस्थलीमा राखिएका ८ बालबालिका जोखिमपूर्ण अवस्थामा रहेको भन्दै समितिले उनीहरूको उद्धार गरेको छ भने जिल्ला प्रशासन कार्यालयले थानकोट र स्वयम्भूमा राखिएका २ सय २६ जना बालबालिकाको लगत लिएर जोखिममा नरहेको भन्दै त्यहीँ छाडेर अनुसन्धान अगाडि बढाएको नागरिकमा खबर छ।

बुधबार केन्द्रीय बालकल्याण समितिले पत्रकार सम्मेलन गर्दै अनधिकृत रूपमा बालबालिका ओसारपसार नगर्न निर्देशन दिए पनि व्यक्तिगत र संस्थागत रूपमा ओसारपसार नरोकिएको भन्दै गोरखाको ल्हो र ओखलढुंगाबाट ल्याइएका बालबालिकाको संख्या खुले पनि अवस्था नखुलेको सार्वजनिक गरेको थियो। उसले केन्द्रीय बालकल्याण समितिको निर्देशन अटेर गर्ने व्यक्ति र संस्थालाई कारबाहीको दायरामा ल्याउने दाबी गरेको थियो।

अनुमतिबिना एक जिल्लाका बालबालिका अर्को जिल्लामा लैजान सरकारले रोके पनि भूकम्प प्रभावित १४ र त्यस आसपास जिल्लाका बालबालिकालाई आश्रय, शिक्षा र उज्ज्वल भविष्यको प्रलोभन देखाएर काठमाडौं भित्र्याउने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय र बालकल्याण समिति अनधिकृत रूपमा भित्र्याइएका बालबालिकाको खोजीमा सक्रिय भएका थिए।

धादिङ, धर्मस्थली, काठमाडौं, ललितपुर र काभ्रेबाट अनधिकृत रूपमा ल्याइएका बालबालिकाको उद्धार भए पनि व्यक्तिगत र संस्थागत रूपमा उपत्यकामा भित्र्याइएका बालबालिकाको खोजी सफल भएको थिएन।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालका अनुसार बिहीबार काठमाडौंमा ल्याइएका बालबालिका खोज्ने क्रममा गोरखाबाट ल्याइएका २ सय २६ जना बालबालिका थानकोटमा र २० जना स्वम्भयूमा फेला परेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?