+
+

स्पेनबाट ढलेको धरहरा खोतल्दै (भिडियाे)

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ४ गते ११:००

ढलेको धरहरा खोतल्दै
थर्केको सगरमाथा नियाल्दै
स्तब्ध स्तब्ध निशब्द भई
म खोजिरहेछु आफु अनि तिमीलाई
मान्छे निल्ने यी खन्डहरहरुमा

यो प्रकृति र म बिचको लडाइँ
जो जित्न सक्दिन म कहिल्यै
अनाहकमै मिचिन्छ जीवन बिचमा
तर लडिरहने छु सिसिफस भएर
बौरने छु फेरि फिनिक्स भएर 
जति मार्छ त्यसले तिमी र मलाई

देशमा बिनाशकारी महाभूकम्प गएपछि बरिष्ठ गीतकार तीर्थ तामाङ्ले माथिका भावानाहरुलाई कोरे। सामाजिक संजाल फेसबुक मार्फत उनीले सार्बजनिकसमेत गरे।

कर्णदासले गाएको ब्यर्थै फेरि घाईते मुटु, कन्दराका बिबेक श्रेष्ठको ,”म आफैँ धमिलो कहाँ थिए र ?,” गायक बिनोद बानियाँको स्वरमा रहेको “सक्छौ भने ओखती बनाउँ देश आज बिरामी छ” जस्ता थुप्रै चर्चित र मार्मिक गीतहरुको रचना गरिसकेका तामाङ्को पछिल्लो सृजनाबाट स्पेनमा रहेका नरेश कार्कीको मन छोयो।

हेर्नुहाेस् भिडियाेः

प्रगति ईङ्लिस बोर्डिङ् स्कूल बाटुलेचौर पोखरामा अध्ययन गर्ने क्रममा स्कुले जीवनमा पनि नरेशले तामाङ्को रचनामा रहेको गीतमा आवाज दिएका थिए। सोही विद्यालयमा पढाउँदै आएका तामाङ्को रचनामा प्रगति स्कुल गायक समूहले एक दशक अगाडि अंकुर एल्बम बजार ल्याएको थियो।

गायक कार्कीले भने,”कस्तो संजोग गुरु र चेलाको फेरि भेट भएको छ, उहाँलाई सम्झँदा स्कुलको याद आउँछ, मैले गाउँछु भन्दा एक बचनमा नै अनुमति दिनु भयो, यो मेरो सौभाग्य पनि हो।”

‘विदेशको ठाउँमा गीतलाई रेकर्ड गरेर तयार गर्नु सजिलो छैन,यो बिषयमा प्रसिद्ध बाँसुरीबाधक बिनोद कटुवालसँग सल्लाह गरें उहाँको सहयोग र साथले नै गीतको रेकर्ड गर्न सक्यौ’ उनले भने। गीतमा कटुवालले बाँसुरीको धुन प्रयोग गरेका छन्।

नरेशको स्वर र संगीत रहेको गीतमा उनले भूकम्पपछि सामजिक संजाल र ईन्टरनेटमा उपलब्ध भिडियो तथा तस्बिरहरु साभार गरेर भिडियो समेत तयार गरेका छन्।

स्पेनमा नेपाली कलाकारहरुको बसाई बाक्लो हुँदै गएको बेला यस्तै गीतहरु रेकर्ड गराउँने क्रम पनि बढ्दो देखिन्छ। बिनाशकारी भूकम्पपछि थुप्रै गीतहरु आईरहेको बेला स्पेनबाट पनि कलाकारहरुले प्रयास गर्दै मनको बेदनालाई संगीतमा ढालेका छन्।

–बसन्त रानाभाट/बार्सिलोना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?