Comments Add Comment

मदिराविरुद्धको अभियानमा आमा समूह र प्रहरी सँगसँगै

Jajarkot,-Madira-Nast

  • घरेलु मदिरा जफत गरी जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गर्दै आमा समुहका प्रतिनिधि र प्रहरी । तस्वीर : बी.बी.गिरी/अनलाइनखबर

बी.बी गिरी
६ असार, जाजरकोट । जाजरकोटमा प्रहरीले घरेलु मदिराको उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ । मदिराको प्रयोगले सामाजिक अराजकता र घरेललु हिंसा बढाएकाले प्रहरीले जिल्लामा घरेलु मदिरा उत्पादन र बिक्री वितरणमा रोक लगाएको हो ।

तर, पनि लुकिछिपी घरेलु उत्पादन र बिक्री वितरण हुने क्रम नरोकिएपछि प्रहरीले जिल्लामा मदिरा नष्ट गर्ने अभियान संचालन गरेको छ ।

पहिलो चरणमा मदिरा जफत गरेर नष्ट गर्ने र अटेर गरी पुनः मदिराको कारोबारमा संलग्न हुनेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

जिल्लामा अधिकांस नराम्रा घटनाहरु मदिराका कारण भएकाले मदिरा नियन्त्रण अभियान संचालन गरेको प्रहरी नायव उपरिक्षक दिनेशराज मैनालीले बताए ।

प्रहरीलाई महिला सञ्जालको साथ

अभियान सफल बनाउन प्रहरीले घरेलु मदिरा, जाँड र मदिरा उत्पादनमा प्रयोग गरिने भाँडाहरु नियन्त्रणमा लिने गरेको छ । प्रहरीको अभियानलाई स्थानीय महिला सञ्जालले समेत सहयोग गर्न थालेका छन् ।

महिलाहरुले पनि मदिराको कारोेबारमा रोक लगाउन थालेका छन । गाउँ गाउँमा आमा समुह गठन गरेर प्रहरीले अभियान संचालन गरेको छ । प्रहरी र आमा समुह संग संगै भएर घरेलु मदिरा नियन्त्रण अभियान सफल हुदै गएको आमा समुह खलंगा २ की अम्बा शाहले बताइन् ।

घरेलु मदिरा मात्र नभई जिल्लालाई मदिरा निषेधित जिल्ला घोषणा गर्नुपर्ने महिलाहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment