+
+

दाता सम्मेलनबारे राष्ट्रपतिलाई जानकारी गराइयो

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १० गते ८:१४

Rambaran-Yadav१० असार, काठमाडौं । दाता सम्मेलनको तयारीबारे सरकारले राष्ट्रपतिलाई जानकारी गराएको छ ।
राष्ट्रपति डा. रामवरण यादवलाई मुलुकको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाहृय सहायता जुटाउने उद्देश्यले बिहीबार काठमाडौंमा आयोजना हुने ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ बारे बुधबार राति जानकारी गराइएको हो ।

प्रधानमन्त्री सुशील कोइरालाका तर्फबाट शीतल निवास पुगेका अर्थमन्त्री डा रामशरण महतले सम्मेलनबारे राष्ट्रपति डा. यादवलाई जानकारी गराएका थिए ।

अर्थमन्त्रीले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको र त्यो सफलतापूर्वक सम्पन्न हुनेमा सरकार आशावादी रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?