+
+

झापाका बाँसले जगायो सिन्धुका विद्यार्थीको आश

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १२ गते १७:०१

Akhil-Made-school At Sindhu

१२ असार, सिन्धुपाल्चोक । एमाले सम्बद्ध अनेरास्ववियुले झापाबाट बाँस ल्याएर सिन्धुपाल्चोकमा ३६ ओटा विद्यालय भवन बनाइदिएको छ । भूकम्पबाट ध्वस्त भएका ठाउँमा विद्यार्थीले नयाँ भवनमा बसेर पढ्न पाएका छन् ।

 

अखिलको स्वयंसेवक अभियानका क्रममा ३६ वटा बिद्यालयमा १६० कोठा निर्माण गर्दै अभियान समापन भएको अखिलका प्रचार बिभाग प्रमुख अशेष घिमिरले बताए । अभियानको समापन गर्दै एमाले बरिष्ठ नेता माधवकुमार नेपालले एमालेका युवा आवश्यकता अनुसार कलममात्र होइन, औजार पनि उसैगरी उठाउँछन् भन्ने पुष्टि भएको बताए ।

 

अखिलले झापाको बाँस र सिन्धुपाल्चोकको अन्य साधन स्रोत प्रयोग गरेर बनाएका नमूना विद्यालय भवनहरु हस्तान्तरण तथा अभियान समापन समारोहमा एमालेका सचिव गोकर्ण विष्ट, अनुगमनकर्ता शंकर पोखरेल, अमृत बोहोरा, विद्यार्थी इन्चार्ज रविन्द्र अधिकारी लगायतका नेताहरु समेत उपस्थित थिए ।

Akhil-Made-school Handover prog

सिन्धुपाल्चोक खटिएको अखिल टोलीका प्रमुख दिपक गौतमको नेतृत्वमा ती विद्यालय भवनहरु निर्माण भएको सचिवालय सदस्य सीता थापाले बताइन् । केन्द्रीय सस्य करुणा पराजुलीले अखिल राजनीतिक र शैक्षिक आन्दोलनको नेता भए जस्तै अब नवर्निर्माण अभियानको नेता बन्ने दावी गरिन् ।

अखिलको यो अभियान सिन्धुपाल्चोकमा ५७ दिन चलेको थियो । यस अभियान अन्तर्गत स्वास्थ्य शिविर, राहत उद्दार, घर टहरा निर्माण, भग्नावशेष हटाउने लगायतका काम गरिएको प्रचार बिभाग प्रमुख घिमिरेले बताए ।

यो अभियानमा झापा, मोरङ, सुनसरी, तेह्रथुम, बारा, पर्सा, कास्की, स्याङजा, प्युठान, काठमाडौंका विभिन्न क्षेत्र र क्याम्पस लगायतका जिल्ला बाट अनेरास्ववियुका २०० स्वयंसेवक खटिएका थिए ।

झापाबाट ल्याइएको ११०० घना बाँसको ३ वटा बिद्यालयमा १२ वटा १० वर्ष बढि टिक्ने गरी नमूना विद्यालय निर्माणको काम अघि बढिरहेको र दश दिनमा भवन बनाइसक्ने लक्ष्य राखिएको घिमिरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?