Comments Add Comment

पहिलोपल्ट बेलायतको रोयल अल्बर्ट हलमा नेपाली कलाकारहरु 

nepali kalakar-UK

लण्डन । पहिलोपल्ट बेलायतको रोयल अल्बर्ट हलमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन कलाकारहरु लण्डन आइपुगेका छन् ।

कलाकारहरु दीप श्रेष्ठ, ओमबिक्रम बिस्ट,  जेम्स प्रधान, अमुल कार्की ढाली, दीपक थापा, त्रिसना गुरुङ  सहितको १७ जनाको टोली लण्डन आएको हो । केही वर्षदेखि लण्डनमै बस्दै आएका कलाकार योगेश्वर अमात्य भने नेपालमा कलाकारको बन्दोबस्त मिलाएर केहि दिनअघि नै बेलायत आएका थिए ।

भूकम्पपीडित गोर्खा जिल्लामा विद्यालय बनाउने उद्देश्यले हेल्प नेपाल नेटवर्कले सांगीतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम आइतबार बेलायती समय अनुसार ६ बजेबाट सुरु हुने आयोजकले बताएका छन् ।  साथै कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको कलाकार योगेश्वर अमात्यले बताए । उनले बाद्यबादन कलाकारहरुले प्रत्यक्ष प्रस्तुति दिने जानकारी दिए ।

धेरै जस्तो दर्शकहरु हल हेर्नकै लागि जान लागेको प्रतिक्रिया दिएका छन् । नेपालीहरुको बाक्लो बस्ति रहेको लण्डनका  चर्लातन, प्लाम्स्तीद, हौनस्लोव, फेल्थम, ह्यारो, वेम्ब्ली र लण्डन बाहिरका अल्दार्शत, फार्नबरो, रेडिंग, केन्ट, फोल्कस्टोन लगायतका स्थानहरुबाट दर्शकहरु आउँदै छन् ।

जम्मा दर्शक संख्या ५ हजार भन्दा बढी भए पनि ३ हजार ९ सयको संख्यामा टिकट बिक्री खुला गरिएको थियो । सो मध्य आधाभन्दा बढी टिकेट बिक्री भैसकेको हेल्प नेपाल नेटवर्कका  कुलदीप प्रधानले जानकारी दिए । उनले कतार एयरलाइनमार्फत  गोलाप्रथा गरी २ जनालाई नेपाल आउने जाने टिकेटको ब्यवस्था गरिएको पनि जानकारी दिए ।

विश्वप्रसिद्ध रोयल अल्बेर्ट हलमा नेपाली कलाकारहरुले प्रस्तुत गर्ने अवसर पाउनुले गौरवको महसुस भएको कलाकारहरुले बताए ।

–दिनेशकुमार परियारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment