+
+

लाओसका पर्यटन मन्त्रीले भने- नेपाल राम्रो देश हो, घुम्न जानुहोस्

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १३ गते १५:२८

Tourism-Programme-Lao-PDR
१३ असार, काठमाडौं । लाओसका सूचना, संस्कृति तथा पर्यटन उपमन्त्री चलेउन वालिनथ्रासाकले नेपाल अत्यन्तै सुन्दर मुलुक भएको बताउँदै आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न अनुरोध गरेका छन् ।

नेपाली राजदूतावास बैंककले लाओसको भियन्टाइनमा आयोजना गरेको पर्यटन प्रवर्द्धन कार्यक्रममा उपमन्त्री वालिनथ्रासाकले यस्तो अनुरोध गरेका हुन् । ‘नेपाल सुरक्षित छ : भ्रमण गर्नुहोस, मनोरञ्जन गर्नुहोस र नेपाललाई सहयोग गर्नुहोस’ भन्ने नारा बोकेर थाइल्यान्डस्थित नेपाली दूतावासले विभिन्न मुलुकमा पर्यटन पवर्द्धनात्मक कार्यक्रम आयोजना गर्दै आएको छ ।

‘जमिनबाट जोडिएका दुबै मुलकबीच असल सम्बन्ध छ’ उनले भने- ‘ नेपालको बर्तमान परिस्थितिमा लाओसले सक्दो सययोग गर्ने विश्वास दिलाउन चाहान्छु ।’  नेपालमा भूकम्प गएपनि पर्यटकीय गन्तव्यहरु सुरक्षित भएको हुँदा भ्रमण गर्न उनले लाओसी नागरिकलाई आग्रह गरे ।

उपमन्त्री वालिनथ्रासाकले कार्यक्रममा उपस्थित पत्राकार तथा टेलिभिजन च्यानलहरुलाई नेपालको पर्यटनको सकरात्मक सन्देश प्रचार गर्न आग्रह समेत गरे । यही सिलसिलामा २६ जुनमा लाओसका उनीसँग नेपाल र लाओसको द्विपक्षीय सम्बन्ध तथा द्विपक्षीय पर्यटन विकासका सम्बन्धमा समेत छलफल भएको थियो ।

Meeting-with-Vice-Minister-Information,-Culture-and-Tourism-final

कार्यक्रममा मिनिष्टर काउन्सेलर तथा उपनियोग प्रमुख डोरनाथ अर्यालले भूकम्पपछिको नेपाली पर्यटनका बारेमा प्रस्तुतीकरण गरेका थिए । उनले नेपाल भ्रमणको लागि सुरक्षित भएकोले नेपालको भ्रमण गर्न, मनोरञ्जन लिन र नेपाललाई सहयोग गर्न आग्रह गरे । जीवनमा कम्तिमा एक पटक भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न पनि उनले अनुरोध गरेका छन् ।

अर्यालले भूकम्प पीडितको लागि गरिएको सहयोगका लागि लाओ सरकार र जनतालाई धन्यवाद दिए । नेपाल र लाओस दुबै भूपेरिवेष्टित र अल्पविकसित मुलुक हुन् ।

कार्यक्रममा लाओसका परराष्ट्र मन्त्रालय र सूचना, सस्कृति तथा पर्यटन मन्त्रालयका उपमहानिर्देशकहरु, निर्देशक, तथा अन्य सरकारी कर्मचारीहरु, पर्यटन व्यवसायीहरु, पत्रकारहरु आदिको उल्लेख्य उपश्थिति रहेको थियो ।

राजदूतावासले थाइल्याण्डको बैंकक र फुकेतमा पनि सोही नारामा यस्तै कार्यक्रम सम्पन्न गरेको थियो । आगामी जुलाई २ तारिखमा सिंगापुरमा अर्को कार्यक्रम गर्ने तयारी भइरहेको अर्यालले बताए ।

पर्यटन प्रवर्द्धनमा संचारकर्मी र पर्यटन व्यवसायीहरुको प्रमुख भूमिका हुने हुनाले राजदूतावासले उनीहरुको सहभागितालाई उच्च प्राथकिमता दिएको थियो । उक्त कार्यक्रमको सञ्चालन राजदूतावासका द्वितीय सचिव रमेशकुमार चर्मकारले गरेका थिए ।

लाओसमा कार्यक्रमको समन्वय गर्न विरला कम्पनीमा कार्यरत सञ्जय प्रसाद साहले उल्लेख्य सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?