Comments Add Comment

यस्तो छ जिविस बाग्लुङमा भएको भ्रष्टाचारको नालीबेली

१३ असार, काठमाडौं । बाग्लुङ जिल्ला विकास समितिमा आर्थिक वर्ष ०७०/७१ मा व्यापक भ्रष्टाचार भएको सार्बजनिक भएको छ ।

महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणबाट विकास निर्माण, कर्मचारीको सम्मान र भत्ताको नाममा लाखौं रकम अनियमितता भएको पत्ता लागेको हो ।

आयोजनागत रुपमा गर्नुपर्नेमा सो नगरी शिर्षकगत रुपमा बजेट विनियोजन गरी ८ करोड ५१ लाख रुपैयाँ भन्दा धेरै रकम मनपरी तरिकाले खर्च गरिएको छ । यस्तै ३५ लाख रुपैयाँसम्मका कार्यक्रम मात्र उपभोक्ता समिति मार्फत गराउन पाईनेमा झण्डै डेढ करोड रुपैयाँ लागतको छिस्ती खानेपानी योजना उपभोक्ता समितिलाई दिइएको छ ।

त्यतिमात्रै होइन जिविसका कर्मचारी लेखराज पन्तलाई १२ लाख २२ हजार ८०५ रुपैयाँ पर्ने सुनको पदकबाट सम्मान गरिएको छ भने बिभिन्न व्यक्ति र संस्थालाई १२ लाख रुपैयाँ भन्दा धेरै जथाभावि बाँडिएको छ ।

यस्तै बाग्लुङका ५९ गाविसहरुको हालसम्म एकपटक पनि आन्तरिक लेखापरिक्षण गरिएको छैन ।

जनलेखा परीक्षण मञ्च नेपालले सार्बजनिक गरेको अनियमितताको पूरा विवरण हेर्नुस्-

Baglung-JiBisa,-PAFN-Final

Baglung-JiBisa,-PAFN-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment