+
+

मेरी स्टोप्सले पाठेघरको निःशुल्क उपचार गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १४ गते ११:२५

१४ असार, काठमाडौं । पुतलीसडकको मेरी स्टोप्स् सेन्टरले यहि आउँदो असार १६, १७ र १८ गते पाठेघरको मुखको जाँच (भीआइए) गर्ने भएको छ ।

निःशुल्क सेवा लिनका लागि २५ वर्ष भन्दा माथिका महिलाहरुलाई सहभागी हुन उसले आग्रह गरेको छ । भीआइए भनेको पाठेघरको मुखको जाँच गर्ने एक सरल प्रकृया हो । यस प्रकृयाबाट ३ देखी ५ प्रतिशत भिनेगर प्रयोग गरेर पाठेघरको मुख जाँच गरिन्छ ।

यो जाँचबाट पाठेघरको मुखको क्यान्सर अगावै आउने कोषिका परिवर्तन थाहा भै भविष्यमा हुनसक्ने क्यान्सरको खतराबारे जानकारी पाउन सकिन्छ । तालिमप्राप्त सेवा प्रदायकले क्रोथेरापीको मद्दतले ती कोषिकालाई त्यही बेला नष्ट गरिदिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?