Comments Add Comment

भूकम्प पीडितलाई सिन्टेक टेक्नोलोजीको ५० लाख सहयोग

Hk-Hongkong-Compuny
१५ असार, काठमाडौं । चिनियाँ कम्पनी सिन्टेक हङकङ टेक्नोलोजीले भूकम्प पीडित नेपालीहरुको राहत र पुर्नस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर जिओनी ग्रुपका अध्यक्ष विलियम लुले सो रकम बराबरको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा टेलिटक प्रालीका प्रमुख कार्यकारी अधिकृत सञ्जय अग्रवाल, जिओनी ग्रुपका सदस्यहरु हुइन र सन्नीको पनि उपस्थिति रहेको थियो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाललाई परेको विपद्मा सहयोग गरेकोमा सिन्टेक टेक्नोलोजी समूहलाई जिओनी समुहका अध्यक्ष विलियममार्फत धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment