Comments Add Comment

‘वा कोमल वली तिमी क्या राम्री छ्यौं’

komal-oli
४० बर्ष माथि लाग्दा पनि गायिका तथा कलाकार कोमल वलीलाई आफ्नो सुन्दरतामा कमी आएको छैन भन्ने लाग्छ । उनलाई आफू अझै पनि उस्तै सुन्दरी छु भन्ने लागेको छ । काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा गायिका वलीले आफ्नो सुन्दरताको बयान आफै गरिन् ।

जब कार्यक्रम संचालकले उनलाई राम्री भनेर सम्बोधन गरे, उनी पनि मख्ख परिन् । माइक हातमा लिदै वलीले भनिन्-‘म राम्री छु यसैले राम्री भन्दा हुन्छ ।’

कोमल वलीको बोली यतीमा मात्र सिमित भएन । उनले भनिन्-‘जब कोही मानिसले आफूलाई राम्रो देख्न सक्दैन, अरुलाई पनि राम्रो देख्दैन । यसैले सवैभन्दा पहिला आफूले आफूलाई राम्रो देख्नुपर्छ ।’

यती भन्दै कोमलले आफ्नो बेडको ठिक अगाडि ऐना राख्ने गरेको बताइन् । बिहान उठ्ने वित्तिकै  सवैभन्दा पहिला आफूले ऐना हेर्ने भन्दै वलीले भनिन्-‘जब म विस्ताराबाटै ऐना हेर्छु अनी भन्छु, वा कोमल वली तिमी क्या राम्री छ्यौं’ ।’ कोमलले यसो भन्दै गर्दा कार्यक्रम हलमा हाँसो गुञ्जियो । अविवाहित कोमल वलीले आफूलाई सुन्दर देख्न सबैलाई आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment