Comments Add Comment

अख्तियार पुगेपछि चितवन नापीमा भागाभाग

१६ असार, चितवन । सेवाग्राहीको अत्यधिक चाप हुने सरकारी कार्यालयमध्ये नापी पनि एक हो । कमाइ हुने कार्यालय भनेर चिनिने नापीमा घुस लेनदेन पनि निकै हुन्छ ।

घुस नलिइ वरको फाइल पर नसर्ने जनगुनासो बढेपछि चितवनको नापी कार्यालयमा अख्तियारको टोली पुग्दा कर्मचारी र बिचौलियाको भागाभाग भएको छ ।

बिचौलियामार्फत् घुस लेनदेन हुन लागेको सूचना पाएपछि क्षेत्रीय कार्यालय हेटौडाबाट अख्तियारको टोली मंगलबार नापी कार्यालय चितवन पुगेको थियो । प्रहरीले घुस रकम त फेला पार्‍यो तर कर्मचारीलाई भने पक्रन सकेन ।

किनकी अख्तियारको टोली आएको सूचना पाएलगत्तै नापी कार्यालयका सहायक प्रमुख रामकान्त आचार्य उम्किएर भाग्न सफल भए । भरतपुर आँखा अस्पताल परिसर बाईपास मार्गबाट मोटरसाइकल चढेर आचार्य भागेको अख्तियार क्षेत्रिय कार्यालय हेटौंडाका प्रवक्ता महेन्द्र भट्टराईले जानकारी दिए ।

उनी बुधबार पनि सम्पर्कमा आएका छैनन् । उनको खोजी भैरहेको प्रवक्ता भट्टराईले बताए ।
आचार्यले भरतपुरका मोतिबहादुर बराईलीसँग एक लाख रुपैयाँ घुस मागेको खबर पाएपछि अख्तियारको टोली हेटौडाबाट चितवन आइ दुई दिनदेखि नापी कार्यालयमा गोप्य निगरानी गरेको थियो ।

अख्तियारको टोलीले बिचौलिया पिठुवा ९ का दिलबहादुर बुढाथोकीलाई भने नियन्त्रणमा लिएको छ ।

– राजेन्द्र आचार्यबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment